राष्ट्र बैकमा एमाले कर्मचारीको आन्दोलनमा कांग्रेसको आपत्ती, भन्यो- यो त नाकाबन्दी जस्तै भो

बिजमाण्डू
२०७२ मंसिर ५ गते ००:०० | Nov 21, 2015
रमेश वाग्ले/बिजमान्डू
काठमाडौँ । नेपाली कांग्रेसले सरकारमा रहेको दलको कर्मचारी संगठनले नेपाल राष्ट्र बैँकलाई बन्धक बनाउने काम गरेको भन्दै कडा आपत्ति जनाएको छ।
 
राष्ट्र बैँकमा जे भइरहेको छ, त्यो सरकारमा भएको पार्टीलाई सुहाउने गतिविधि हैन, यो अराजनीतिक गतिवधि हो

राष्ट्र बैँकलाई बन्धक बनाउने र सीमा नाका रोक्ने काम एउटै हो । यसमा एमालेले जवाफ दिनु पर्छ ।

अघिल्लो सरकारका नियुक्तिहरुलाई किन उल्ट्याइएको हो ? के सरकार प्रतिपक्षको सहयोग बिना नै अगाडि बढ्ने तयारीमा लागेको हो ?

आज बिहान सिंहदरबारमा बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठकमा कांग्रेसले राष्ट्र बैँकलाई बन्धक बनाउने र सीमा नाका रोक्ने काम एउटै भएको भन्दै त्यसको आलोचना गरेको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बैठकपछि सञ्चारकर्मीलाई बताए।
 
'राष्ट्र बैँकमा जे भइरहेको छ, त्यो सरकारमा भएको पार्टीलाई सुहाउने गतिविधि हैन, यो अराजनीतिक गतिवधि हो', उनले भने । यस विषयमा कांग्रेसले बैठकमा जवाफ मागेको बडुले बताए। कांग्रेसले अघिल्लो सरकारका नियुक्तिहरुलाई उल्ट्याएकोमा आपत्ति जनाउँदै के सरकार प्रतिपक्षको सहयोग बिना नै अगाडि बढ्ने तयारी गरेको हो भनी प्रश्नसमेत सोधेको छ।
 
बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले भने, 'सरकार गम्भीर भएन। आजको बैठकमा पनि प्रधानमन्त्रीज्यु आउनुभएन। केही कुरा प्रधानमन्त्रीसँगै गर्नुपर्ने थियो, मन्त्रीलाई सुनाएर बस्नुपर्यो ।'
 
केन्द्री बैंकमा एमालेको संगठनले तलब तथा सुविधा बृद्धिको माग राख्दै गभर्न डा. चिरञ्जिबी नेपाल, डेपुटी गभर्नरहरु गोपाल काफ्ले र महाप्रसाद अधिकार तथा कार्यकारी निर्देशकका कार्यकक्ष घेराउ गरिरहेका छन् । हिजो र अस्ती गभर्नर नेपालको कार्यकक्ष अवेर रातीसम्म घेरेर दैनिका कामकारवाहीसमेत अवरुद्ध पारेका थिए ।
 
वैशाखको भुकम्प र अहिलेको नाकाबन्दीले अर्थतन्त्र नै अस्तव्यस्थ भएकाले तलव तथा सुविधा बृद्धि गर्न नसकिने अडान गभर्नरले राखेपछि एमाले निकट कर्मचारी संगठनले कार्यकक्ष घेराउ गर्दै दैनिक काम अवरुद्ध गरेका हुन् ।

Tata
GBIME
Nepal Life