काठमाडौं । प्रभु बैंक र ग्रान्ड बैंकको सम्पूर्ण सम्पति तथा दायित्व मूल्यांकन (डिडिए) प्रतिवेदन तयार भएको छ । दुबै बैंकको संयुक्त डिडिएले मोटामोटी सेयर स्वाप रेसियो पनि टुङ्गो लगाएको छ ।
स्रोतका अनुसार, प्रभु बैंकको सय रुपैयाँको सेयरलाई ११४ रुपैयाँ र ग्रान्ड बैंकको सय रुपैयाँलाई ७२ रुपैयाँ मूल्यांकन गरिएको छ ।
‘डिडिएको मस्यौदा तयार भएको हो, तर अन्तिम निर्णय केही पनि भएको छैन,’ प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष देवीप्रकास भट्टचनले बुधबार बिजमाण्डूसँग भने, ‘राम्रो संस्थाले प्रिमियम पाउनु पर्छ। यही मोडलमै हामी संस्था एक्वायर गर्छौं ।’
प्रभुले ग्रान्ड बैंक किन्नका लागि औपचारिक सम्झौता गरिसकेको छ । खरीद प्रकृयामा गएका कारण ग्रान्डको सेयर किनबेच रोक्का छ ।