काठमाडौं । नेपाल टेलिकमले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा बागमती सफाई अभियानमा प्रयोग हुने विभिन्न सामग्री प्रदान गरेको छ । टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले अभियानका अभियन्ता मुख्य सचिव लीलामणि पौड्याललाई सामग्री हस्तान्तरण गरेका हुन् ।
टेलिकमले सफाइ अभियानमा सहभागी हुने अभियन्ताका लागि ८० जोर ट्रयाक सुट, दुईसय जोर बुट, दुईसय जोर मोटो पञ्जा, एकसय वटा फलामे सुइरो र एकसय वटा डोको हस्तान्तरण गरेको जनाएको छ ।
उक्त अवसरमा मुख्य सचिव पौड्यालले नेपाल टेलिकमले सुरुवातदेखि नै बागमती सफाई अभियानमा पुर्याएको योगदानको प्रशंसा गर्दै सहयोगको लागि धन्यवाद दिए ।
यस्तै टेलिकमका प्रबन्ध निर्देशक आचार्यले देशको धरोहरको रुपमा रहेको बागमती नदीको सफाइमा सरिक हुन पाएकोमा कम्पनी गौरवान्वित भएको बताए । उनले कम्पनीले आगामी दिनमा पनि अन्य अभियन्ताहरुका साथमा निरन्तर बागमती सफाइ अभियानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।
नेपाल टेलिकमले बागमती सफाइ अभियान सुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता आप्mना दुई लाख ग्राहकलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट एसएमएसमार्फत आग्रह गर्दै आएको छ ।