BIZMANDU
www.bizmandu.com

बागमती सफाई अभियानलाई टेलिकमले दियो सफाई सामग्री, आगामी दिनमा पनि सहयोग गरिने

२०७१ माघ १७

बागमती सफाई अभियानलाई टेलिकमले दियो सफाई सामग्री, आगामी दिनमा पनि सहयोग गरिने
बागमती सफाई अभियानलाई टेलिकमले दियो सफाई सामग्री, आगामी दिनमा पनि सहयोग गरिने

काठमाडौं । नेपाल टेलिकमले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा बागमती सफाई अभियानमा प्रयोग हुने विभिन्न सामग्री प्रदान गरेको छ । टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले अभियानका अभियन्ता मुख्य सचिव लीलामणि पौड्याललाई सामग्री हस्तान्तरण गरेका हुन् । 

Tata
GBIME
Nepal Life


 

टेलिकमले सफाइ अभियानमा सहभागी हुने अभियन्ताका लागि ८० जोर ट्रयाक सुट, दुईसय जोर बुट, दुईसय जोर मोटो पञ्जा,  एकसय वटा फलामे सुइरो र एकसय वटा डोको हस्तान्तरण गरेको जनाएको छ । 
 
उक्त अवसरमा मुख्य सचिव पौड्यालले नेपाल टेलिकमले सुरुवातदेखि नै बागमती सफाई अभियानमा पुर्या‍‍एको योगदानको प्रशंसा गर्दै सहयोगको लागि धन्यवाद दिए । 
 
यस्तै टेलिकमका प्रबन्ध निर्देशक आचार्यले देशको धरोहरको रुपमा रहेको बागमती नदीको सफाइमा सरिक हुन पाएकोमा कम्पनी गौरवान्वित भएको बताए । उनले कम्पनीले आगामी दिनमा पनि अन्य अभियन्ताहरुका साथमा निरन्तर बागमती सफाइ अभियानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । 
 
नेपाल टेलिकमले बागमती सफाइ अभियान सुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता आप्mना दुई लाख ग्राहकलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट एसएमएसमार्फत आग्रह गर्दै आएको छ ।