काठमाडौं। अन्तर्राष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा तीन वटा नयाँ स्मार्ट वाच मोडल सार्वजनिक गरेको छ। कम्पनीको नेपालको आधिकारिक बिक्रेता क्यामियो इन्टरनेसनल नयाँ स्मार्ट वाच सार्वजनिक गरेको हो।
कर्नका विश्व स्तरीय स्मार्ट वाचहरु डब्लूबी- ०२, डब्लूबी-०३, डब्लूबी-०५ नेपाली बजारमा आएका हुन्।
यी स्मार्ट वाचहरुमा एमोलेड डिस्प्ले, वाटरप्रुफ फिचर, बिग ब्याट्री क्यापासिटी, नर्डिक सिपियूलगायतका विशेषता रहेका छन्। यो घडीको एक वर्षे वारेन्टी छ। कम्पनीका प्रवन्ध निर्देशक राज गुप्ताले नेपाली बजारमा विश्वस्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र अब स्मार्ट वाच पनि ल्याएको बताए।
कम्पनीले नेपाली बजारमा लन्च गरेका तीन ओटा मोडलका स्मार्टवाचहरुको मूल्य डब्लूबी- ०२ को ७ हजार ९ सय ९९ रुपैयाँ, डब्लूबी-०३ को ८ हजार १ सय ९९ रुपैयाँ, डब्लूबी-०५ को ११ हजार ९ सय ९९ रुपैयाँ तोकेको जनाएको छ।
यो ब्राण्डको घडी ३७ वटा भन्दा बढी देशहरुमा बिक्री हुँदै आएको छ।