काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य भरतराज आचार्यको सभापतित्वमा गठन भएको उद्योग समिति विस्तार भएको छ। समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समिति सदस्य सुशील थापा चुनिएका छन्।
समितिका सदस्यहरुमा पञ्चकन्या ग्रुपका उज्जवल श्रेष्ठ, प्लाष्टिक तथा टेक्सटायल इण्डष्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इण्डष्ट्रिजका गोकुल भण्डारी, स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा, प्रगति टेक्सटाइलका जितेन्द्र लोहिया, नेपाल बोटल वाटर इण्डष्ट्रिज एशोसिएसनका अध्यक्ष सुवास भण्डारी, नेपाल औषधि उत्पादक संघका विप्लव अधिकारी चुनिएका छन्।
समितिको आमन्त्रित सदस्यहरुमा महासंघको कर तथा राजस्व समितिका सभापति संदीपकुमार अग्रवाल, न्यौपाने एण्ड ल एशोसिएटका अंजन न्यौपाने, नेपाल लिभर लिमिटेडका प्रतीक श्रीवास्तव, एसआर स्टीलका सुरज उप्रेती, नेपाल पश्मिना उद्योग संघका धनप्रसाद लामिछाने, ट्रान्सवेल्ड नेपाल प्रालिका अमुल श्रेष्ठ, यति डिष्टिलरीका अभिषेक श्रेष्ठ, एचडी इण्डष्ट्रिजका ईश्वर जीसी, मारुती फर्माका प्रभात रुङटा, बबरमहल हेरिटेजका विराट शम्शेर जबरा, फूटवेयर इण्डष्ट्रिज एसोसिएसनका कृष्ण फुयाल, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपतिबहादुर खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल र चार्टर्ड एकाउन्टेन्ट विशेषविभु आचार्य चुनिएका छन्।
समितिको सल्लाहकारहरुमा अग्नि सिमेन्टका डा. ई. तारा पोखरेल, ॐ ग्यासका हरिप्रसाद पाठक, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय रामशरण थपलिया र शैलेन्द्रलाल प्रधान र सम्राट सिमेन्टका मुकुन्द तिमिल्सिना चुनिएका छन्।
समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको बैठकले उद्योगसँग सम्बन्धित नीतिगत सुधार, अनुसन्धान तथा तथ्यांक विश्लेषण, कोभिड लगायत अन्य कारणबाट थला परेका उद्योग संचालनका लागि तत्काल संवोधन हुनुपर्ने विषयहरूमा काम गर्दै जाने निर्णयहरू गरेको छ।
यसैगरी कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीको सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरम पनि विस्तार भएको छ। फोरमका सहसभापतिहरूमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर चुनिएका छन्।
फोरमका सदस्यहरूमा नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रवीन्द्रकुमार रिजाल शशी, नेपाल कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, चलचित्र निर्देशक मदन घिमिरे, नेपाल चलचित्र निर्माता संघका सचिव छविराज ओझा, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल, प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तुलसी पराजुली छन्।
फोरममा आमन्त्रित सदस्यहरूमा नेपाल बोटल वाटर इण्डष्ट्रिज एशोसिएसनका अध्यक्ष सुभाष भण्डारी, चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, गायिका इन्दिरा जोशी, नायिका नीता ढुंगाना, हाँस्यकलाकार केदार घिमिरे, चलचित्र नृत्यकार संघका निवर्तमान अध्यक्ष दिनेश प्राखिन, लोक गायिका/प्रस्तोता मञ्जु पौडेल, रचना श्रेष्ठ, चलचित्र निर्देशक प्रदीप श्रेष्ठ, लेखक एवं पत्रकार सामिप्य तिमल्सिना, कलाकार धर्मेन्द्र आचार्य, नायिका पवित्रा आचार्य, कलाकार, लेखक दिप्तप्रकाश अधिकारी, नेपाल उल फेल्ट प्रड्युसर एण्ड एक्सपोर्टका अध्यक्ष अमृत खड्का, चलचित्र सम्पादक शिव पुरी, व्यवसायी कुशल रेग्मी, गीतकार लोकराज अधिकारी, गायक मेघराज मगराती, कलाकार सुशान्तकुमार श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका सदस्य चेतन सापकोटा र फूटवेयर एसोसिएनबाट राजन श्रेष्ठ चुनिएका छन्।
त्यसैगरी फोरमका सल्लाहकारहरूमा वरिष्ठ कलाकार एवं महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य निरविक्रम शाह, गीतकार एवं वरिष्ठ चिकित्सक डा. भोला रिजाल, प्राध्यापक एवं चलचित्र निर्देशक राजेन्द्र शलभ, महासंघको पूर्व कार्यकारिणी समिति सदस्यद्वय कमला श्रेष्ठ र प्रेमा राज्यलक्ष्मी सिंह छन्।