काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार मनको गरिब नभएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभालाई संबोधन गर्दै व्यवसाय उत्थानका लागि गच्छे अनुसारको सहयोग गर्ने बताएका छन्।
'कतिपय व्यवसायी साथीहरुलाइ सरकारले उत्थानका लागि किन दिएन भन्ने लागेको होला,' उनले भने 'सरकारको फाइनान्सियल अवस्था र क्षमता हेर्नुभएकै छ। अविभावकत्वबाट पन्छिने छैन।'
उनले गच्छे वा त्यो भन्दा एक कदम अघि बढेर सहयोग गर्ने प्रतिबद्धता जनाए। ओलीले निजी क्षेत्र र सरकारको साझा प्रयासबाट अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताए।
'स्वदेशमै लगानी गर्नुस'
ओलीले स्वदेशी उद्योगीहरुलाइ सबल बनाउनुपर्ने बताएका छन्। उनले उद्यमी व्यवसायीहरुले दुई चार पैसा कमाइ बढी हुन्छ भन्दैमा यहा कमाएर बाहिर लगानी गर्न नहुने बताए।
'दुई/चार पैसा बढी कमाइन्छ भने बाहिर लगानी गर्नु उचित होइन,' उनले भने,' देशप्रति माया गर्न सिक्नुस। यहि लगानी गर्नुस। श्रम बजार सस्तो छ। अवसर नै अवसर छन्।'
नेपालमै उत्पादन बढाएर निर्यातमा जोड दिनुपर्ने उनले बताए। 'नेपाल उपभोक्ताको देश भएको छ.यहाँ सामान राख्ने डिर्पान्टमेन्टहरु स्टोरहरु मात्रै धेरै छन्,' उनले भने, 'हाम्रो केही उत्पादन छैन्। उत्पादन गरेर निर्यात गर्न सक्ने प्रणाली विकास गर्नुपर्नेछ।'