काठमाडौं। एनसेल कम्पनीले नाम परिवर्तन गरी एनसेल प्रालिबाट एनसेल आजियाटा लिमिटेड बनाएको छ ।
नेपाल सरकार उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयको साउन १९ गतेको निर्णय बमोजिम नाम परिर्वतन गराएको कम्पनीले जनाएको छ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले कम्पनी पब्लिकमा रुपान्तरण भएसँगै नाम परिवर्तन गरेको हो ।
यससँगै अब कम्पनीको सम्पूर्ण कामहरु एनसेल आजियाटा लिमिटेडबाट हुने कम्पनीले जनाएको छ ।
पब्लिक कम्पनीका रूपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने बाटो खुलेको छ ।