काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार चार बिधेयक संसदमा दर्ता गराएका छन्।
खतिवडाले धितोपत्र सम्बन्धि ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ लाख संशोधन गर्न बनेको विधेयक र सार्बजनिक ऋण ब्यवस्थापन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गराएका हुन्।
संसदमा दर्ता भएको विधेयक छलफल तथा संशोधनका लागि सम्बन्धित समितिहरुमा जाने छ। त्यहाँ आवश्यक छलफलपछि बिधेयकलाई पूर्ण सदनले पारित गर्ने छ। प्रतिनिधि सभासँगै राष्ट्रिय सभाले पनि विधेयक पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पुग्ने छ। त्यहाँबाट प्रमाणीकरण भएपछि कार्यान्वयन हुने छ।
बाफिया र राष्ट्र बैंक ऐनको संशोधित ब्यवस्थाले वित्तीय अनुशासनमा थप कसेको छ भने राष्ट्र बैंकलाई केही अधिकार प्रत्यायोजन गरेको छ। संघीय ढाँचा अनुसार ऐनलाई अगाडि बढाइएको छ।