नवीकरण नगर्ने आइएसपीको लाइसेन्स धमाधम खारेजी, वीरगंजको हक नेटको अनुमतिपत्र रद्द

बिजमाण्डू
२०८२ जेठ १६ गते १७:१९ | May 30, 2025
नवीकरण नगर्ने आइएसपीको लाइसेन्स धमाधम खारेजी, वीरगंजको हक नेटको अनुमतिपत्र रद्द


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले वीरगंजको हक नेट प्रालिको अनुमतिपत्र रद्द गरेको छ।

Tata
GBIME

तोकिएको अवधिभित्र लाइसेन्स नवीकरणका लागि निवेदन पेस नगरेको भन्दै प्राधिकरणले हक नेटको इन्टरनेट सेवा संचालनसम्बन्धी लाइसेन्स रद्द गरिदिएको हो।

प्राधिकरणका अनुसार हक नेटको लाइसेन्स जेठ ११ गतेबाटै रद्द भएको छ। कम्पनीले २०७२ जेठ ११ गते प्राधिकरणबाट लाइसेन्स पाएको थियो। प्राधिकरणले कम्पनीलाई ३० दिनभित्र नियमानुसार बुझाउनुपर्ने रकम बुझाउन पत्राचार गरेको छ। अन्यथा लाइसेन्स खारेजीमा पर्ने चेतावनी प्राधिकरणले दिएको छ।

प्राधिकरणले केही दिनअघि मात्रै काठमाडौंको चेरी वर्ल्ड कम्युनिकेसनले नवीकरणका लागि तोकिएको समयावधिभित्र निवेदन नै पेस नगरेपछि वैशाख २९ गतेदेखि लागू हुने गरी लाइसेन्स खारेज गरिदिएको थियो। हक नेटको लाइसेन्स रद्द भएसँगै अब इन्टरनेट सेवाको लाइसेन्स पाउने कम्पनीको संख्या १०७ मा झरेको छ।