म्युचुअल फण्डले सेयर बजारबाट गर्न सकेनन् आम्दानी, न्याभमा गिरावट, नयाँ उपकरणको खोजी

सुनिल कुँवर
२०८२ जेठ १४ गते १८:३४ | May 28, 2025
म्युचुअल फण्डले सेयर बजारबाट गर्न सकेनन् आम्दानी, न्याभमा गिरावट, नयाँ उपकरणको खोजी


काठमाडौं। सेयर बजारमा ठूला संस्थागत लगानीकर्ताको रुपमा रहेका सामूहिक लगानी कोष (म्यचुअल फण्ड) नयाँ उपकरणको खोजीमा लागेका छन्।

Tata
GBIME

सेयर बजारबाट आम्दानी गर्न नसकेपछि तथा मुद्दती निक्षेपको ब्याजदर ओरालो लागेका कारण म्यचुअल फण्डहरु नयाँ उपकरणको खोजीमा लागेका हुन्।

सेयर बजारमा म्यचुअल फण्डको लगानी ४० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। वित्तीय विवरण सार्वजनिक गरेका बन्द र खुलामुखी ४३ वटा म्युचुअल फण्डले सूचीकृत कम्पनीको सेयरमा वैशाखमा १.५६ प्रतिशतले लगानी बढाएका छन्।

पछिल्लो एक महिनामा म्युचुअल फण्डले सेयर बजारमा ६२ करोड २१ लाख रुपैयाँ लगानी बढाएका हुन्। बजारमा चैत मसान्तसम्म म्युचुअल फण्डको लगानी ३९ अर्ब ८३ करोड रुपैयाँ थियो।

बजारमा २१ म्युचुअल फण्डले लगानी बढाउँदा २१ वटाले घटाएका छन्। सूचीकृत कम्पनीको सेयरमा सबैभन्दा धेरै एनआईबिएल सहभागिता फण्डको ४ अर्ब ६२ करोड रुपैयाँ लगानी छ। सेयरमा रिलायबल समृद्धि योजनाको सबैभन्दा कम ७७ लाख रुपैयाँ लगानी छ।

सानिमा फ्लेक्सी फण्डले सबैभन्दा धेरै ४ गुणाले लगानी बढाएर १५ करोड ४४ लाख रुपैयाँ पुर्‍याएको छ।

बैंकको ब्याजदर न्यून विन्दुमा आएपछि मुद्दती निक्षेपको पैसा सेयरमा लगानी गरेका म्युचुअल फण्डलाई धक्का लागेको छ। जसले गर्दा लगानी स्थिर राखेको बिक्री प्रबन्धकहरु बताउँछन्।

‘बजारमा लगानी गर्न पनि अहिले म्युचुअल फण्डहरु डराएको देखिन्छ। मुद्दतीको ब्याज घटेर निकै सस्तिएको छ। संस्थागत लगानीकर्ताहरुलाई लगानीको नयाँ उपकरण नै भएन,’ प्रभु क्यापिटलका म्युचुअल फण्ड प्रमुख सौगात पन्तले भने, ‘सेयर बजार बढंन नसकेपछि साथै मुद्दतीको ब्याजदर ओरालो लागेका कारण लगानीका लागि नयाँ क्षेत्र खोजी भइरहेको छ।’

म्युचुअल फण्डले चालु आर्थिक वर्ष चैत र वैशाखसम्म सेयर बजार र मुद्दती निक्षेपमा गरेको लगानी (रु लाखमा)

म्युचुअल फण्डसेयरमा लगानी (२०८२ वैशाखसम्म) सेयरमा लगानी (२०८१ चैतसम्म)फरक %मुद्दती निक्षेपमा लगानी(२०८२ वैशाखसम्म)मुद्दती निक्षेपमा लगानी(२०८१ चैतसम्म)फरक %
एनआईबिएल सहभागिता फण्ड४६२३२४५७९७०.९५१०००१०००
एनआईबिएल समृद्धि फण्ड-२१२३३४१२५८२-१.९७
एनआईबिएल ग्रोथ फण्ड१०२९११०२५४०.३६८००८००
मेगा म्युचुअल फण्ड ११०४३६१०३८६०.४८४००४००
एनआईबिएल स्टेबल फण्ड८८४२८७८८०.६१
एनआईसी एसिया ब्यालेन्सड फण्ड४८३०४३६२१०.७३३००३००
एनआईसी एसिया डाइनामिक डेब्ट फण्ड४९५२४०७४२१.५५८००८००
एनआईसी एसिया सेलेक्ट फण्ड-३०१०२५३९५०५७.८७१३७५१३७५
एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड९१९१८३९७९.४६९६०९६०
एनआईसी एसिया ग्रोथ फण्ड-२७२०६७०८८१.६६१२५०१२५०
नबिल ब्यालेन्सड फण्ड २९०६१९४४०-४.०१
नबिल ब्यालेन्सड फण्ड ३१०४१४११०६४-५.८७
नबिल फेलेक्सी क्याप फण्ड८९२४८१५७९.४
प्रभु सेलेक्ट फण्ड१३६५३१४००९-२.५४४००४००
प्रभु स्मार्ट फण्ड११०५०११४९८-३.९
गरिमा समृद्धि योजना९४८४७१४९३२.६६१८००१८००
सनराइज फर्स्ट म्युचुअल फण्ड७७००८२१५-६.२७
सनराइज फोकस्ड इक्विटी फण्ड९६५४१००८७-४.२९
लक्ष्मी ब्लुचिप फण्ड१२१४११३०४०-६.८९
लक्ष्मी उन्नति कोष५६९५६५३९-१२.९१
शुभ लक्ष्मी कोष३३३८३५७५-६.६३
लक्ष्मी भ्यालु फण्ड २७९९४८४४५-५.३४
सिद्धार्थ इक्विटी फण्ड१४४९३१४३६३०.९१
सिद्धार्थ व्यवस्थित लगानी योजना१२७३६१२१२९
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २११५८१११८८०-२.५२१००१००
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३७८०५७७२९०.९८
रिलायबल समृद्धि योजना७७
आरबीबी म्युचुअल फण्ड ११०७२०१०७२२-०.०२७००९००-२२.२२
आरबीबी म्युचुअल फण्ड २७६०५७७५०-१.८७७००७००
हिमालयन ८०-२०८,८५४८,३२७६.३३१२५०१२५०
एनबिएल इक्विटी फण्ड४३७०२०२१११६.२३१२००१२००
मुक्तिनाथ म्युचुअल फण्ड १९७७६९०४३८.११६००६००
कुमारी इक्विटी फण्ड७८६६७९६४-१.२३
कुमारी धनवृद्धि योजना१०७२७१०८१९-०.८५
कुमारी सुनौलो लगानी योजना४८१३४५६०५.५५
कुमारी सबल योजना६९५८७०८३-१.७६
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड६३१०५८६९७.५१४००४००
सिटिजन्स म्युचुअल फण्ड २५०७१५,२७७-३.९
एनएनबि सुलभ इन्भेष्टमेन्ट -२१२५२८१२,७१२-१.४५
सानिमा फ्लेक्सी फण्ड१५४४३८१३०५.२५६८५६८५
सानिमा लार्ज क्याप फण्ड१०१७२१००५२१.१९६००६००
एनएमबि फिप्टी१११८६११४९१-२.६५
सानिमा ग्रोथ फण्ड५६६२५६८५-०.४८००८००
कुल४०४५२९३९८३०८५.५६१६१२०१६३२०-१.२३

म्युचुअल फण्डको खुद सम्पत्तिको मूल्य (न्याभ)मा पनि गिरावट आएको छ। वैशाखमा २५ वटाको न्याभ घटेको छ। १७ वटाको भने बढेको छ।

सेयर बजारबाट हुने आम्दानीमा गिरावट आउँदा म्युचुअल फण्डको न्याभ घटेको हो। फागुनमा नेप्से सूचक २८९० विन्दुमा पुगेकामा अहिले २७०० मुनि छ।

म्युचुअल फण्डको रोजाइमा मुद्दती निक्षेप पर्न छोडेको छ। वैशाखसम्म २३ वटाको मुद्दतीमा लगानी शून्य छ। वैशाखमा कुनैले पनि मुद्दतीमा लगानी बढाएका छैनन्। मुद्दतीको लगानी २० वटाले स्थिर राख्दा आरबीबी म्युचुअल फण्ड -१ ले घटाएको छ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले सबैभन्दा धेरै १८ करोड रुपैयाँ मुद्दतीमा लगानी गरेको छ।

म्युचुअल फण्डको बैंक मौज्दात र न्याभ

म्युचुअल फण्डबैंक मौज्दात २०८२ वैशाखसम्म (रु लाखमा)बैंक मौज्दात २०८१
चैतसम्म (रु लाखमा)
फरक %न्याभ २०८२ वैशाखसम्म (रुपैयाँमा)न्याभ २०८१ चैतसम्म (रुपैयाँमा)फरक %
एनआईबिएल सहभागिता फण्ड१५८५०१५३२३३.४४१०.७९१०.९२-१.१९
एनआईबिएल समृद्धि फण्ड-२११९३५०-६६९.९२१०.०७-१.४९
एनआईबिएल ग्रोथ फण्ड२४१६८७-६४.९२१०.३६१०.५-१.३३
मेगा म्युचुअल फण्ड १९४३१३०३-२७.६३१०.३८१०.५४-१.५२
एनआईबिएल स्टेबल फण्ड१३८३१८५७-२५.५३९.७९.८९-१.९२
एनआईसी एसिया ब्यालेन्सड फण्ड७६०१२९५-४१.३११०.७५१०.८४-०.८३
एनआईसी एसिया डाइनामिक डेब्ट फण्ड३८६३४४२६-१२.७२१०.३९१०.४१-०.१९
एनआईसी एसिया सेलेक्ट फण्ड-३०१४६०२५०२-४१.६५१०.६६१०.८२-१.४८
एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड८१३१६०१-४९.२२१०.९१०.९४-०.३७
एनआईसी एसिया ग्रोथ फण्ड-२६६९८९६-२५.३३१०.२५१०.३६-१.०६
नबिल ब्यालेन्सड फण्ड २१६७६१३३०२६.०२११.४५११.५१-०.५२
नबिल ब्यालेन्सड फण्ड ३१८४४१३२८३८.८६११.१९११.२३-०.३६
नबिल फेलेक्सी क्याप फण्ड२८०५२९२७-४.१७११.३४११.३८-०.३५
प्रभु सेलेक्ट फण्ड२२६१४६५४.७९१२.३६१२.२७०.७३
प्रभु स्मार्ट फण्ड२३५१७३३५.८४१२.४६१२.३८०.६५
गरिमा समृद्धि योजना११०४३३१९-६६.७४१०.२९.९४२.६२
सनराइज फर्स्ट म्युचुअल फण्ड७२६४४६६२.७८११.२१११.३-०.८
सनराइज फोकस्ड इक्विटी फण्ड१०८४१०६१२.१७११.३४११.४५-०.९६
लक्ष्मी ब्लुचिप फण्ड१३६४६१११२३.२४११.२३११.५४-२.६९
लक्ष्मी उन्नति कोष१५४२८९५७२.२९११.५५११.५३०.१७
शुभ लक्ष्मी कोष६५०४६२४०.६९११.५९११.५६०.२६
लक्ष्मी भ्यालु फण्ड २१००७७३४३७.१९११.४३११.४८-०.४४
सिद्धार्थ इक्विटी फण्ड१७६२१८७६-६.०८११.५३११.६६-१.११
सिद्धार्थ व्यवस्थित लगानी योजना१७६५१८२२-३.१३१०.७६१०.८७-१.०१
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २१४००१४८३-५.६११.६३११.७२-०.७७
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३११४४१४१०-१८.८७११.७३११.८१-०.६८
रिलायबल समृद्धि योजना११९४३९.९६
आरबीबी म्युचुअल फण्ड १९५१७९१२०.२३११.०३१०.८५१.६६
आरबीबी म्युचुअल फण्ड २७३०६२४१६.९९११.२११.१३०.६३
हिमालयन ८०-२०१४००१४१४-०.९९१२.६६१२.४६१.६१
एनबिएल इक्विटी फण्ड६४६४८९२७-२७.५९९.९५९.९६-०.१
मुक्तिनाथ म्युचुअल फण्ड ११८२६२४६०-२५.७७१०.१३१०.०३
कुमारी इक्विटी फण्ड३३४३८४-१३.०२१०.५८१०.५४०.३८
कुमारी धनवृद्धि योजना१०७७१०४८२.७७११.३२११.२४०.७१
कुमारी सुनौलो लगानी योजना५१८६२६-१७.२५११.५४११.४४०.८७
कुमारी सबल योजना६५४५१८२६.२५१०.६२१०.४८१.३४
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड१३५८१४९७-९.२९१०.९५१०.८३१.११
सिटिजन्स म्युचुअल फण्ड २६४९५८५१०.९४१०.४२१०.४२
एनएनबि सुलभ इन्भेष्टमेन्ट -२३५३५९२-४०.३७१२.२४१२.२७-०.२४
सानिमा फ्लेक्सी फण्ड२०२६३३०४-३८.६८९.९१९.९५-०.४
सानिमा लार्ज क्याप फण्ड१०९७१५१६-२७.६४११.५४११.५३०.०९
एनएमबि फिप्टी६३६६०३५.४७११.३१११.३९-०.७
सानिमा ग्रोथ फण्ड४८८७०८-३१.०७११.४६११.४६
कुल७८९३९७५८६०४.०६

मुद्दती निक्षेपको ब्याज साधारण बचतभन्दा तल्लो विन्दुमा आएको छ। बैंकहरुले लगानी नहुँदा लागत बढ्ने देखेपछि ठूलो आकारको निक्षेप लिनै अस्वीकार गरिरहेका छन्।

वाणिज्य बैंकमा अहिले निक्षेपको ‍औसत ब्याजदर ४.४५ प्रतिशत छ। कर्जाको माग सुस्त भएर बैंकिङ प्रणालीमा लगातार तरलता थुप्रिएका कारण ब्याजदर ओरालो लाग्दै आएको छ।

पछिल्लो एक महिनामा म्युचुअल फण्डको मुद्दती निक्षेपमा लगानी १.२३ प्रतिशतले घटेको छ। म्युचुअल फण्डले मुद्दती निक्षेपमा चैतसम्म कुल १ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेकामा वैशाखमा १ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ।

बैंक मौज्दात ४.०६ प्रतिशतले बढाएका छन्। चैतसम्म ७ अर्ब ५८ करोड रुपैयाँ रहेको बैंक मौज्दात वैशाखमा आइपुग्दा ७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।