काठमाडौँ। घलेम्दी हाइड्रो पावर कम्पनीको दोस्रो बजारमा शेयर कारोबार सुरु भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारको लागि न्यूनतम मूल्य एक सय रुपैयाँदेखि तीन सय रुपैयाँको रेन्ज तोकेपछि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको हो।
कम्पनीको (ghl) सिम्बोल मार्फत दोस्रो बजारमा शेयर कारोबार गर्न सकिने नेप्सेले जनाएको छ। प्रति कित्ता तीन सय रुपैयाँबाट सुरु भएको कारोबारमा दोस्रो कारोबार ११० रुपैयाँ घटेर प्रतिकित्ता १९० रुपैयाँमा कारोबार भएको छ। नेप्सेले अनलाइन प्रणालीमा भएको त्रुटीले यस्तो भएको जनाएको छ। मूल्य २ प्रतिशत तल वा माथि मात्र हुन पाउने ब्यवस्था छ।
सिभिल बैंकले आर्थिक बर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैकले प्रस्ताव गरेको नगद लाभांश नेपाल राष्ट्र बैक र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्।
बैकले गत वर्ष १०.७९ प्रतिशत बोनस शेयर दिएको थियो। अघिल्लो बर्ष बैंकले ३.०३ प्रतिशत नगद लाभांश दिएको थियो। हाल बैकको चुक्ता पूँजी सात अर्ब २५ करोड ९३ लाख १० हजार तीन सय ६१ रुपैयाँ छ।
यही चुक्ता पूँजीको चार प्रतिशत नगद लाभांश बैंकले दिने भएको हो। तर केन्द्रीय बैकले तोकेको चुक्ता पूँजी आठ अर्ब रुपैयाँ भने बैकले गत वर्ष घोषणा गरेको बोनस शेयर समायोजनपछि पुग्ने छ। उक्त बोनस शेयर साधारणसभाबाट अनुमोदन भएपछि चुक्ता पूँजी आठ अर्ब नाघ्ने छ।