काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। एशियन ओसिएन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन(असोसिओ) संस्थाले जापानमा आयोजित कार्यक्रममा कम्पनीलार्इ अवार्ड दिएको हो।
संस्थाले आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डबाट वर्ल्डलिंकलाई सम्मानित गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। यो अवार्डबाट सम्मानित हुने वर्ल्डलिंक पहिलो कम्पनी भएको समेत दाबी गरेको छ।
असोसिओका अध्यक्ष डेविड वाङले वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई अवार्ड हस्तान्तरण गरे । कार्यक्रममा विश्वभरका ३३ मुलुकबाट हजारभन्दा बढी कम्पनी तथा उनीहरुका प्रतिनिधि सहभागी थिए । नेपाली इन्टरनेट बजारमा वर्ल्डलिंकले पुर्याएको योगदान, कम्पनीले ग्राहकलाई उपलब्ध गराएको गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय स्तरको पुर्वाधारलाई प्रयोगमा ल्याएको भन्दै अवार्ड दिएको हो। यो अवार्डको मूल्यांकन संस्थाले आन्तरिक रुपमा गरेको दाबी कम्पनीको छ।