काठमाडौँ। पुप्प कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
पुल निर्माण पाएको ठेक्का समयमा नै नसक्दा डुंगा दुर्घटनाको घटना भएको भन्दै अध्यक्ष रौनियारलाई पक्राउ गर्न पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार ढकालले जानकारी दिए।
भदौंको पहिलो साता रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो। नदीमा पुल नबन्दा दुर्घटना भएको भन्दै स्थानियवासी आक्रोसित बनेका थिए। पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको थियो। घटनालाई लिएर पटक पटक बोलाउदा पनि नआएपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको एसपी ढकालले जानकारी दिए।
अदालतले सोमवार पुर्जी जारी गरेको हो। प्रहरीले आज (मंगलबार) रौनियार नआए प्रहरी टोली पठाएर पक्राउ गर्ने उनले बताए।