सुनचाँदी बजार : सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य भने स्थिर

बिजमाण्डू
२०८१ पुष १ गते ११:०६ | Dec 16, 2024
सुनचाँदी बजार : सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य भने स्थिर


काठमाडौं। दुई दिनयता घट्न थालेको सुनको मूल्य फेरी बढेको छ। सुन तोलामा ४ सय रुपैयाँ बढ्दै सोमबारका लागि प्रति तोला १ लाख ५१ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

साताको पहिलो दिन सुन तोलामा २२ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य शुक्रबार घटेर प्रति तोला १ लाख ५३ हजार रुपैयाँ निर्धारण भएको थियो। बिहीबार सुन प्रति तोला १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य सोमबार स्थिर छ। आइतबार चाँदी तोलामा २० रुपैयाँ घटेर प्रति तोला १ हजार ८४० रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार घटेको सुनचाँदीको मूल्य सोमबार बढेको छ। सोमबार सुन बढ्दै प्रति औंस २६५२.९७ डलर छ। चाँदी प्रति औंस ३०.५१ डलरमा कारोबार भइरहेको छ।

आइतबार सुन प्रति औंस २६४८.९५ डलर र चाँदी प्रति औंस ३०.४६ डलर थियो।