काठमाडौं। दुई दिनयता घट्न थालेको सुनको मूल्य फेरी बढेको छ। सुन तोलामा ४ सय रुपैयाँ बढ्दै सोमबारका लागि प्रति तोला १ लाख ५१ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिन सुन तोलामा २२ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य शुक्रबार घटेर प्रति तोला १ लाख ५३ हजार रुपैयाँ निर्धारण भएको थियो। बिहीबार सुन प्रति तोला १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य सोमबार स्थिर छ। आइतबार चाँदी तोलामा २० रुपैयाँ घटेर प्रति तोला १ हजार ८४० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार घटेको सुनचाँदीको मूल्य सोमबार बढेको छ। सोमबार सुन बढ्दै प्रति औंस २६५२.९७ डलर छ। चाँदी प्रति औंस ३०.५१ डलरमा कारोबार भइरहेको छ।
आइतबार सुन प्रति औंस २६४८.९५ डलर र चाँदी प्रति औंस ३०.४६ डलर थियो।