विभागले फागुन १८ गतेदेखि बीस वर्ष गाडी चलाएमा गैरकानुनी हुने र जरीवानासहित गाडी जफत गर्ने विभागका प्रवक्ता डा.टोकराज पाण्डेले बताए।विभागले पछिल्लो समयमा अनुगमन तीब्र पारेको बताउँदै उनले असार १८गतेदेखि ट्राफिक प्रहरीको सहयोगमा बीस वर्षे गाडी नियन्त्रणमा लिइने जानकारी दिए।
उनका अनुसार नियन्त्रणमा लिइएका गाडीको जरीवानासहित सबै राजस्व बुझाउन लगाएर पत्रु गर्न सवारी साधन धनीलार्इनै जिम्मा लगाइनेछ।विभागले फागुन ५ गतेबाट ट्राफिक प्रहरीको सहयोगमा सवारी अनुगमन सुरु गरेको बताउँदै पाण्डेले अनुगमनलाइ तीव्र बनाइएको जानकारी दिए। उनका अनुसार गाडीहरु गुड्ने सम्भावित क्षेत्रहरुमा माइकिङ गरी जनचेतना प्रवाह गरिरहेका छौं।
सवारी सरुवा सहमती रोकिने बताउँदै उनले त्यस्ता सवारीहरुलाइ रुट इजाजत नदिइने जानकारी दिए। यो नीतिसँगै करिब २५ सय भाडाका सवारी साधन राजधानीबाट विस्थापित हुनेछन्। पाण्डेका अनुसार सार्वजनिक सवारी साधन हटाएपछि निजी र सरकारी गाडी हटाउने बारे अध्ययन गरिनेछ।
उनीहरुले बीस वर्षे सवारी साधन हटाउन तयार भएपनि नयाँ गाडी किन्दा भन्सार छुटको व्यवस्था हुनुपर्ने अडान राख्दै आएका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्सार छुट प्याकेज दिएर मात्रै पूराना गाडी हटाउने शर्त राखेको हो।उपत्यका बाहिर भने अर्को वर्षको फागुन ३० गतेबाट २० वर्षे गाडी हट्नेछ।