BIZMANDU
www.bizmandu.com

बुधवारदेखि सार्वजनिक यातायातमा २० वर्षे गाडी चलाए जरीवानासहित जफत, २५ सय थोत्रा गाडी हट्ने

२०७३ फागुन १३

काठमाडौं।सरकारले बुधबारदेखि २० वर्ष पूराना सवारी साधन चलाएमा जरीवानासहित जफत गर्ने भएको छ।यातायात व्यवस्था विभागले फागुन १७ गतेबाट बीस वर्षे पूराना सवारी साधन हटाउने नीति लिए अनुसार कारवाही गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

विभागले फागुन १८ गतेदेखि बीस वर्ष गाडी चलाएमा गैरकानुनी हुने र जरीवानासहित गाडी जफत गर्ने विभागका प्रवक्ता डा.टोकराज पाण्डेले बताए।विभागले पछिल्लो समयमा अनुगमन तीब्र पारेको बताउँदै उनले असार १८गतेदेखि ट्राफिक प्रहरीको सहयोगमा बीस वर्षे गाडी नियन्त्रणमा लिइने जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएका गाडीको जरीवानासहित सबै राजस्व बुझाउन लगाएर पत्रु गर्न सवारी साधन धनीलार्इनै जिम्मा लगाइनेछ।विभागले फागुन ५ गतेबाट ट्राफिक प्रहरीको सहयोगमा सवारी अनुगमन सुरु गरेको बताउँदै पाण्डेले अनुगमनलाइ तीव्र बनाइएको जानकारी दिए। उनका अनुसार गाडीहरु गुड्ने सम्भावित क्षेत्रहरुमा माइकिङ गरी जनचेतना प्रवाह गरिरहेका छौं।
 

वाहिर चलाउन पार्इँदैन
विभागले दिएको जानकारी अनुसार यस्ता २० बर्ष पुराना भाडाका सवारी साधनहरु बाहिर लगेर संत्र्चालन पार्इदैन।यो गाडीको किनभने विभागले अञ्चलिकरण गर्न अनुमती दिँदैन ।

सवारी सरुवा सहमती रोकिने बताउँदै उनले त्यस्ता सवारीहरुलाइ रुट इजाजत नदिइने जानकारी दिए। यो नीतिसँगै करिब २५ सय भाडाका सवारी साधन राजधानीबाट विस्थापित हुनेछन्। पाण्डेका अनुसार सार्वजनिक सवारी साधन हटाएपछि निजी र सरकारी गाडी हटाउने बारे अध्ययन गरिनेछ।
 

‘पहिला हामी सार्वजनिक यातायातमा चल्ने २० वर्षे गाडी हटाएपछि निजी र सरकारीको अध्ययन गरेर हटाउनेतर्फ लाग्नेछौ’ उनले भने।तर यो निर्णयको यातायात व्यवसायीले भने विरोध गर्दै आएका छन्।

उनीहरुले बीस वर्षे सवारी साधन हटाउन तयार भएपनि नयाँ गाडी किन्दा भन्सार छुटको व्यवस्था हुनुपर्ने अडान राख्दै आएका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भन्सार छुट प्याकेज दिएर मात्रै पूराना गाडी हटाउने शर्त राखेको हो।उपत्यका बाहिर भने अर्को वर्षको फागुन ३० गतेबाट २० वर्षे गाडी हट्नेछ।