सन् २०१५ मा सार्वजनिक गरिएको 'ग्यालेक्सी जे टू' कै परिस्कृत भर्जन जे टू २०१६ ले फोरजी सपोर्ट गर्ने कम्पनीले जनाएको छ। ग्यालेक्सी जेटू २०१६ रि–ईञ्जिनियर्ड, रि–डिजाइन्ड, टर्बो स्पिड टेक्नोलोजी (टीएसटी) र स्मार्ट ग्लो लगायत नयाँ फिचर्सका साथ रिलोडेड रहेको छ।
सामसुङ 'ग्यालेक्सी जे टू २०१६' मा अल्ट्रा डेटिङ सेभिङ, अल्ट्रा पावर सेभिङ मोड्स, सेल्फी एसिष्ट र क्विक लञ्च एप्स लगायतका प्रविधि रहेका छन् । फोनको क्यामरा, ग्यालेरी, कण्ट्याक्ट्स लगायत सर्वाधिक प्रयोग हुने सुविधामा पनि केही परिमार्जन गरिएको कम्पनीले जनाएको छ।
यसमा ५ ईञ्चको एचडी सुपर एमोलेड स्क्रिन छ भने यसको मोटाइ आठ एमएम रहेको छ। कप्पनीले यो मोवाइल कालो, सिल्भर र सुनौलो गरी तीन रङमा उपलब्ध हुने जनाइएको छ।
मार्समल्लोको नयाँ अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोनमा १.५ जीएचजेड क्वाडकोर प्रोसेशर र १.५ जीबी र्याम हुनुका साथै १२८ जीबीसम्म मेमोरी थप्न सकिने सुविधा रहेको छ । पूरानो जे टुको तुलनामा नयाँ ३० प्रतिशत ठूलो छ र यसमा २६०० एमएएच क्षमताको ब्याट्री रहेको छ।
यो मोवाइलमा रियर ८ मेगापिक्सल र फ्रन्ट ५ मेगापिक्सेलको क्यामरा रहेको छ। यसको बजार मुल्य १५ हजार ९ सय रुपैयाँ रहेको छ।