
चीनमा आइफोन १५ किन्न मानिसहको भिड लागेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार गत शुक्रबारबाट चीनमा आइफोन १५ को बिक्री सुरु भएको हो।
चीनले सरकारी कर्मचारीलाई काम गर्दा आइफोनको प्रयोगमा रोक लगाएको अवस्थामा पनि चिनियाँमा एप्प्ल प्रतिको ‘क्रेज’ देखिएको समाचारमा उल्लेख छ। हुवावेको दबदबाबीच एप्पलप्रति पनि मानिस आकर्षित भइरहेका छन्।
एप्पलको चीनभर ४५ वटा आउटलेट छन्। अधिकांश आउटलेटमा मानिसको भिड रहेको बताइएको छ। साथै अनलाइनबाट पनि आइफोन १५ को अर्डर बढ्दो रहेको छ। व्यवसायीका अनुसार आइफोन १५ बिक्री सुरु भएको दुईघण्टामा गत वर्षको आइफोज १४ को भन्दा २५३ प्रतिशत बढी माग आएको थियो।
चीनमा आइफोन १५ प्रो को ७ हजार ९९९ युआन (१ लाख ४४ हजार बढी) र प्रो म्याक्सको १३ हजार ९९९ युआन (२ लाख २५ हजार बढी) रहेको छ। हुवावेको पनि दमदार सेटहरु बजारमा आउँदा पनि मानिसहरु एप्पलको प्रिमियम सेट रुचाइरहेको जनाइएको छ।