चीनले आइफोन प्रयोगमा रोक लगाउनुको असर एप्पलको सेयरमा, दुई दिनमा दुई खर्ब डलर घाटा

बिजमाण्डू
२०८० भदौ २२ गते १०:१४ | Sep 8, 2023
चीनले आइफोन प्रयोगमा रोक लगाउनुको असर एप्पलको सेयरमा, दुई दिनमा दुई खर्ब डलर घाटा
Photo : Reuters


एप्पलको सेयर मूल्य दुई दिन देखि लगातार घटिरहेको छ। चीनले सरकारी कर्मचारीहरुलाई कार्यालयमा आइफोन प्रयोगमा रोक लगाएको खबर सार्वजनिक भएसँगै एप्पलको सेयर मूल्य घटेको बीबीसीले उल्लेख गरेको हो।

Tata
GBIME

दुई दिनमा एप्पलको सेयर मूल्य ६ प्रतिशतले (दुई खर्ब डलर) घटेको हो।

चीन एप्पलको लागि तेस्रो ठूलो बजार हो। गत वर्ष एप्पले चीनबाटमात्रै १८ प्रतिशत आफ्नो कमाइ गरेको थियो। एप्पलको उत्पादनसमेत चीनमा नै उत्पादन हुने गर्छ।

एप्पलले आइफोन १५ लन्च गर्ने तयारी गरिरहेको बेला चीनको सो घोषणा आएको हो। तर चीन सरकारले भने यस विषयमा केही खुलाएको छैन।

नीतिगत नियम नभए पनि चीनमा यसअघि पनि सरकारी कर्मचारीहरुलाई आइफोनको प्रयोगमा बन्देज रहेको बताइन्छ। अहिले भने नीति बनाए नै साइबर सुरक्षाको चुनौतीका कारण चीनले यो निर्णय गरेको वालस्ट्रिट जर्नलले उल्लेख गरेको थियो।

गत जुनमा चीनका केही मन्त्रायलले टेस्ला गाडीलाई आफ्नो मन्त्रालय परिसरमा प्रवेशमा रोक लगाएको थियो। सुरक्षाको कारण देखाउँदै सो निर्णय गरिएको सीएनएनले उल्लेख गरेको थियो।

अमेरिकामा चीनको हुवावे, जेटीइ लगायतका टेक जायन्टहरुमाथि प्रतिबन्ध लगाइएको छ। चीनले त्यसैको विरोधमा अमेरिकालाई बेलाबेलामा चेतावनी दिँदै आइरहेको छ।