काठमाडौं । यो हप्ताभरीमा सुनको भाउ तोलामा नौसय रुपैयाँले बढेको छ । आइतबार तोलाको ५१ हजारमा कारोबार भएको सुनको भाउ शुक्रबार ५१ हजार नौसय रुपैयाँ तोकिएको छ ।
शुक्रबारको भाउ विहीबारको भन्दा एकसय रुपैयाँले धेरै हे । विहीबार सुन तोलाको ५१ हजार आठसय रुपैयाँमा किनबेच भएको थियो ।
आइतबारको ५१ हजार रहेको सुनको भाउ सोमबार ५० रुपैयाँले घटेर ५० हजार नौसय ५० मा कारोबार भएको थियो । मंगलबार फेरि ५१ हजार नै पुगेको सुन बुधबार एकसयले, विहीबार ६ सयले र शुक्रबार एकसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यो अवधिमा चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । आइतबार तोलाको सातसय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सातसय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।