BIZMANDU
www.bizmandu.com

हप्ताभरमा नौसयले बढ्यो सुनको भाउ, शुक्रबार एकसयको वृद्धि, तोलाको ५१ हजार नौसयमा कारोबार

२०७१ चैत्र १३

हप्ताभरमा नौसयले बढ्यो सुनको भाउ, शुक्रबार एकसयको वृद्धि, तोलाको ५१ हजार नौसयमा कारोबार
हप्ताभरमा नौसयले बढ्यो सुनको भाउ, शुक्रबार एकसयको वृद्धि, तोलाको ५१ हजार नौसयमा कारोबार

काठमाडौं । यो हप्ताभरीमा सुनको भाउ तोलामा नौसय रुपैयाँले बढेको छ । आइतबार तोलाको ५१ हजारमा कारोबार भएको सुनको भाउ शुक्रबार ५१ हजार नौसय रुपैयाँ तोकिएको छ ।

Tata
GBIME
Nepal Life

शुक्रबारको भाउ विहीबारको भन्दा एकसय रुपैयाँले धेरै हे । विहीबार सुन तोलाको ५१ हजार आठसय रुपैयाँमा किनबेच भएको थियो ।

आइतबारको ५१ हजार रहेको सुनको भाउ सोमबार ५० रुपैयाँले घटेर ५० हजार नौसय ५० मा कारोबार भएको थियो । मंगलबार फेरि ५१ हजार नै पुगेको सुन बुधबार एकसयले, विहीबार ६ सयले र शुक्रबार एकसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यो अवधिमा चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । आइतबार तोलाको सातसय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सातसय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।