काठमाडौं। नेपाल राष्ट्र बैंकले असोज १ गतेबाट दसैँका लागि नयाँ नोट सटही सुरु गरिसकेको छ। राष्ट्र बैंकले काठमाडौंस्थित आफ्नो बैंकिङ कार्यालयका साथै क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट सटही सुरु गरेको हो।
राष्ट्र बैंकसँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि बिहीबारबाट नयाँ नोट सहटी सुरु गरेका छन्।
राष्ट्र बैंकले सर्वसाधारणलाई एक पटकमा पाँच, १० र २० का नोटहरु दुई बन्डलका दरले र ५० र १०० रुपैयाँ दरका नोट एक बन्डलका दरले वितरण गरिरहेको छ।
बैंकहरुलाई पनि यही अनुपातमा आकार र क्षमता अनुसार नोट उपलब्ध गराइरहेका छन्।