काठमाडौं। फोर्ड गाडीको नेपालका लागि अधिकृत विक्रेता गोे फोर्डले चाडपर्व लक्षित नयाँ उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीले चाडपर्वमा गाडी किन्ने ग्राहकले लक्की ड्र मार्फत फोर्ड इकोस्पोर्ट गाडीसम्म पाउने जनाएको छ।
दसै तथा तिहार नजिकिदै गएपछि कम्पनीले चाडपर्व लक्षित उपहार योजना सार्वजनिक गरेको हो। यस वर्षको चाडपर्वका बेला गाडी बुक गर्नेले नगद छुट पनि पाउने कम्पनीले जनाएको छ। यस्तै एक वर्षको बीमा तथा तीन वर्षको सर्भिसिङको व्यवस्था पनि कम्पनीले गरेको छ। यो अवधिमा बुक गर्नेले फोर्डका सबै गाडीमा एसेसरिजको सुविधा पनि पाउनेछन्।
उच्च प्रविधि र सुविधायुक्त यो कारले उच्च माइलेज दिने तथा भर्सटाइल भएको कम्पनीले जनाएको छ। यो गाडी शहरी क्षेत्रका लागि उपयुक्त भए पनि यसमा भएका विभिन्न सुविधाका कारण कच्ची सडक तथा ग्रामीण क्षेत्रका लागि पनि उपयुक्त भएको जिओ फोर्डले जनाएको छ।
फोर्डले अहिले नेपालमा रेन्जर, इन्डिभोउर, फिएस्टा, क्लासिक र फिगो गाडीको विषेश प्रवर्द्धनसहित व्यापार गरिरहेको छ। फोर्डले विश्वभर रहेका ६५ प्लान्टबाट गाडी उत्पादन गर्दै आएको छ।