एनआईसी एशिया बैंक र अकामा होटलबीच सम्झौता, बैंकका ग्राहकले होटलमा २०% छुट पाउने

बिजमाण्डू
२०७६ चैत्र २ गते २१:२० | Mar 15, 2020

Tata
GBIME

काठमाडौं। एनआईसी एशिया बैंक र धुम्बाराहीको अकामा होटलबीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

एनआईसीका ग्राहकले अकामा होटलमा २० प्रतिशत छुट पाउनेछन्। छुट सम्बन्धी सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरेवापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन्।