टुर्बोग सांगितिक अभियानमा, अन्तर्राष्ट्रिय ख्यातीप्राप्त गायकसँग नेपालीको सहकार्य!

बिजमाण्डू
२०७५ बैशाख २५ गते १२:२१ | May 8, 2018
टुर्बोग सांगितिक अभियानमा, अन्तर्राष्ट्रिय ख्यातीप्राप्त गायकसँग नेपालीको सहकार्य!

काठमाडौं।डेनिस ब्राण्ड टुर्बोगले नयाँ सांगितिक ट्रयाक बनाउन टुर्बोग ओपन आयोजना गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

ख्याती प्राप्त कलाकार 'डिप्लो' र 'मो'बीचको सहकार्यमा विभिन्न सांगितिक प्रभावहरु खोजेर नयाँ सांगितिक ट्रयाक बनाउने नेपालस्थित गोर्खा ब्रुअरीले जनाएको छ।दोस्रो पटक आयोजना हुने यो कार्यक्रममा नेपाली कलाकारले समेत सहकार्य गर्नेछन्।नेपाली गायक र गीतकारले इटालीको लेभान्टेमा हुने अभियानमा नेतृत्व गर्ने कम्पनीले जनायो।विश्वव्यापी सन्देश भएको गीत तर कथा भने विश्वभरका प्रत्येक सहयोगी कलाकारले आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरुका साथ भन्ने कम्पनीले जनाएको छ।टुर्बोगको एसिया र यूरोपभरिका प्रमुख कलाकारले ओपन टु मोर हुन प्रेरित गर्ने कम्पनीले जनाएको छ।

अमेरिकी निर्माता तथा डिजे ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए। डेनमार्ककालोकप्रिय कलाकार, ‘मो’सँग फेरि आउने कम्पनीले जनायो । उनीहरु मिलेर ‘स्टे ओपन’नामक ट्र«याक रचना गरेका छन् । एमटिभी इएमए २०१७मा वेष्ट रसियन अर्वाडको उपाधी जितेका डिजे तथा गायक इभान र्डोन र  भारतका विशाल डढलानी समेत यो कार्यक्रममा सहभागी हुँदैछन्।डिप्लोले दोस्रो वर्ष पनि सहभागी हुन पाउँदा उत्साहित भएको बताए।डेनिय गायक तथा गीतकार मोले विश्वव्यापी सहकार्य गर्न पाउनु गौरबको विषय भएको बताए।

टुबोर्गका अन्तर्राष्ट्रि«य बजार प्रबन्धक, मिलन शाहका अनुसार, “टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको बताए। यसले नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गर्दछ । यस वर्षको टुबोर्ग ओपन अभियान मार्फत हामी फेरि एक पटक विश्वभरका मानिसहरुलाई‘ओपन टु मोर’ हुन प्रोत्साहन गर्दछौं । जिज्ञासु हुन, वरिपरिको संसार घुम्न, नयाँ अनुभवहरु संकलन गर्न र अरुसँग बाड्न प्रोत्साहन गर्नेछौं ।” उनले भने।

गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर, बैभब शर्माले टुर्बोग अन्तर्राष्ट्रिय डिप्लो र मो लाई यहाँका स्थानिय कलाकारहरुसँग सहकार्यको लागि  घोषणा गर्न पाउँदा उत्साहित भएको बताए।