विहान नेपाल टेलिकमको नेटवर्क एकाएक ‘गायब’, टेलिकमले आधा घण्टामा यसरी रिकभर गर्यो

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ पुष २२ गते १०:४३ | Jan 6, 2018
विहान नेपाल टेलिकमको नेटवर्क एकाएक ‘गायब’, टेलिकमले आधा घण्टामा यसरी रिकभर गर्यो
काठमाडौं।नेपाल टेलिकमको नेटवर्क विहान साढे सात बजे एकाएक गायब भयो।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यकाको धेरै स्थानमा टेलिकमको नेटवर्कनै देखाएन।एकाएक नेटवर्क गायब भएपछि टेलिकममा समेत हल्लीखल्ली भयो।तत्कालै टेलिकमले उपत्यकाका कार्यालयमा प्राविधिकहरुलार्इ एलर्ट गरायो।टेलिकमको सुन्धारा कार्यालयको एयर कण्डिसन बन्द हुँदा मोबाइलको नेटवर्क गायब भएको पत्ता लाग्यो।तत्कालै प्राविधिक टीम परिचालन गरेर एसी संचालनमा ल्यायो।

टेलिकमका उपत्यकाका उपभोक्ताले आधा घण्टा मोबाइल प्रयोग गर्न पाएनन्।टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले एयर कण्डिसन बन्द भएर नेटवर्कमा समस्या आएको बतार्इन्।‘मोबाइल सेवा बन्दै भएको होइन।नेटवर्क फल्क्च्यूयसन मात्रै भएको हो। हामीले आधा घण्टामै रिकभर गर्न सफल भयौ’उनले बिजमाण्डूसँग भनिन्।