नेपाल हाईड्रोमा एक लाख ७० हजार बढिको आवेदन, एक लाख ३४ हजारलाई सेयर नपर्ने निश्चित

बिजमाण्डू
२०७४ भदौ १ गते ११:५६ | Aug 17, 2017
काठमाडौँ। नेपाल हाईड्रो डेभलपर कम्पनीले निष्कासन गरेको प्राथमिक शेयरमा एक अर्ब ४८ करोड रुपैयाँ बराबरको आवेदन परेको छ। कम्पनीको सेयरमा आवेदन दिने समय हिजो सकिएको छ।
 
एनएमबि क्यापिटलका अनुसार एक लाख ७० हजार आवेदनबाट यो रकम बराबरको आवेदन परेको हो। तीन शाखाले संकलन गरेको रकमको तथ्यांङ्क भने आउन बाँकी रहेको क्यापिटलले जानकारी दिएको छ।        
 
कम्पनीले तीन करोड ९० लाख रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको थियो। 
 
सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्टयाइएको शेयर बाहेक साधारण लगानीकर्तालाई करिब ३६ हजार २७० जनालाई मात्र १० कित्ताका दरले शेयर बाँडफाँड गर्न सकिन्छ। 
 
सेयर बाँडफाँड गोलाप्रथाबाट हुन्छ। गोलाप्रथाबाट  गर्दा करिब एक लाख ३४ हजार आवेदकलाई शेयर नपर्ने निश्चित छ। प्राथमिक शेयरमा आबेदन दिने करिब २० प्रतिशतले मात्रै १० कित्ता शेयर पाउनेछन्।   
 

Tata
GBIME
Nepal Life