वीरगञ्जमा सुविधा सम्पन्न सिनेमा हल, एघार करोड लगानीमा ए- म्याक्स संचालनमा आयो

बिजमाण्डू
२०७४ साउन ३ गते ०६:२४ | Jul 18, 2017
वीरगञ्जमा सुविधा सम्पन्न सिनेमा हल, एघार करोड लगानीमा ए- म्याक्स संचालनमा आयो
वीरगञ्ज।एघार करोडको लागतमा  निर्माण भएको  मल्टिपलेक्स ए–म्याक्स सञ्चालनमा आएको छ। वीरगञ्ज भिस्वा होटल नजिकै यो हल छ।हल संचालक अनिल सर्राफका अनुसार वीरगञ्जवासीलार्इ सबै सुविधासहितको हलमा चलचित्र हेर्न वाहिर जान पर्दैन्।

संचालक सर्राफ भोजपुरी सिनेमाका निर्माता र निर्देशक पनि हुन् । एक वर्षमा निर्माण भएको हल पूर्ण वातानुकुलित छ । ‘बडेमिया’  र ‘छोटे मिया’ गरी दुई वटा हल सञ्चालन छ। २८३ सिटको बडेमिया मात्रै सञ्चालनमा आएको सञ्चालक सर्राफले बताए ।

Tata
GBIME
Nepal Life

हलमा दुई श्रेणी राखिएको छ ।प्रथमको २०० र डिसीको अढाई सय रुपैयाँ टिकटदर तोकिएको छ। सुविधासम्पन्न पहिलो हल भएकोले वीरगञ्ज आसपास तथा विहारका दर्शकहरुको पनि भीडभाड बढने उनले बताए।

एक महिना भित्र एक सय १५ सिटको ‘छोटेमिया’ सानो हल पनि सञ्चालनमा आउनेछ ।यो हल वातानुकुलित हुनेछैन।यो हलको टिकटदर एक सय रुपैयाँ तोकिएको छ।सबै वर्गलार्इ लक्षित गरेर हल निर्माण गरिएको सर्राफले बताए।हलभित्रै रेष्टुरेन्ट समेत संचालनमा आउँदैछ।