सोल्टी होटलले डिम्याट नगरेकाहरुलाई बोनस शेयर लिन बोलायो, एसबिआइको हकप्रद भर्नु भो?

बिजमाण्डू
२०७४ जेठ १२ गते ११:४३ | May 26, 2017
काठमाडौं। सोल्टी होटलले डिम्याट नगरेको शेयरधनीलार्इ बोनस शेयरको प्रमाणपत्र लिन अनुरोध गरेको छ। होटलले गत पुसमा गरेको साधारणसभाबाट शेयरधनीलार्इ १० प्रतिशत बोनश शेयर दिएको थियो। 
 
होटलले डिम्याट नगरेका शेयरधनीलार्इ जेठ १८ गतेदेखि शेयर उपलब्ध गराइने भएको हो। डिम्याट गरेका शेयरधनीको उनीहरुकै डिम्याट खातामा जानेछ। होटलको जम्मा ५ करोड ७९ लाख १७ हजार ८७६ कित्ता सुचिकृत छन्।
 
यसैगरी नेपाल एसबिआइ बैंकले जेठ ७ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ। बैंकले १०० रुपैयाँ दरका १ करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद बिक्री गरेको हो। 
 
शेयरधनीले आफुसँग भएको शेयरको १० कित्ता बराबर ४ कित्ता किन्न पाउने छन्। हकप्रद भर्ने अन्तिम मिति असार ११ गतेसम्म छ। 
 

Tata
GBIME
Nepal Life