ऐतिहासिक अंक छुँदै टर्की बन्यो विश्व शेयर बजारमा पहिलो, हेरौं विश्वका टप टेन शेयर बजारहरु

बिजमाण्डू
२०७४ जेठ ११ गते १६:१६ | May 25, 2017

काठमाडौं। गत जुलाई २७ तारिख नेपालको शेयर बजारले ऐतिहासिक उचाइ हासिल गर्यो १८८१.४५ अंक। सूचकका आधारमा बजार तलमाथि गर्ने नेपाल स्टक एक्सचेन्ज मात्र होइन।विश्वमा यस्ता धेरै शेयर बजारहरू छन् जो सूचकमा आधारित छन्।

Tata
GBIME
Nepal Life

अहिले हाम्रो नेपालको सूचक पछिल्लो कारोबारमा १६२९.६८ अंकमा पुगेर बन्द भएको बेला विश्वकै सबैभन्दा माथि रहेको टर्कीको बिस्ट १०० ले करिब एक लाखको उचाई चुम्न खोज्दै छ। टर्कीको इन्डेक्स बिस्टले हिजो अर्को ऐतिहासिक अङ्क ९८३१३ छोएको छ।

गएको पुस १८ गते बिजमान्डूले इन्भेस्टिङ डट कमका आधारमा  विश्वका १० प्रमुख इन्डेक्स सार्वजनिक गरेको थियो । करिब पाँच महिनापछि तिनै इन्डेक्सलार्इ फर्केर हेर्दा १० इन्डेक्समा केवल एक बजारको  मात्र सूचक  घटेको  छ भने अरु सबैको सूचक बढेको छ ।१० मध्ये घट्ने सूचकमा जापानको निक्की परेको छ भने टर्कीले आफ्नो पहिलो स्थान अहिले पनि सुरक्षित राखेको छ ।
विश्वका १० प्रमुख सूचक यस प्रकार छ ।
           
१०औं स्थान

पाँच महिना अघि क्यानाडाको प्रमुख शेयर बजार  एस एंड पी ५०० यसपटक बाहिरिएको छ । एक स्थान तल झर्दै निक्की-२२५ जापानको प्रमुख शेयर बजार १०औंमा झरेको छ । पाँच महिना   अघि २०५६३ अंकमा रहेको बजार बुधबार १९८०५ अंकमा झरेको छ । पछिल्लो अवधिमा निक्कीले सात सय ८५ अंक गुमाएको छ । २०१५ मे १ मा यसले सर्वाधिक २०५६३.१५  अङ्क छोएको थियो।
 
 नऔं स्थान
 

एफटिएसई एमआईबि  इटालीको प्रमुख शेयर बजार हो। यसलाई इटालियन स्टक एक्सचेन्जका नामले पनि चिनिन्छ। हाल यसको परिसूचक २१३९३ अङ्कमा छ। पाँच महिना अघि यो १९२३९ अंकमा थियो । पछिल्लो पाँच महिनामा सूचक २१५४ अंक बढेको छ ।
सन् २००७ अप्रिल १ मा यसले सर्वाधिक अङ्क ४३७५५ छोएको थियो।त्यसपछि लगातार झरेको बजारले यहि पाँच महिनाको अवधिमा केहि अंक सुधार गर्न सफल भयो । सन् २००७ अप्रिल १ मा यसले सर्वाधिक अङ्क ४३७५५ छोएको थियो।
 
आठौं स्थान

डाउजोन्स-३० अमेरिकाको प्रमुख शेयर बजार हो। १८८५ फेब्रुअरी १६ देखि कारोबारमा आएको विश्वको पुरानो शेयर बजार पनि हो। १ सय ३१ वर्षको इतिहास बोकेको यो बजारको पाँच महिना अघि  परिसूचक १९८३३ अङ्कमा रहेको थियो । अहिले यसको परिसूचक ११७९ अंक बढ्दै २१०१२ अंकमा पुगेको छ । गएको मार्च १७ मा यसले सर्बाधिक अंक २११२.४२ अङ्क छोएको थियो ।
 
सातौं स्थान

ह्यांग सेंग हङ्कङको प्रमुख शेयर बजार हो। हङकङ स्टक एक्सचेन्जका नामले पनि यो बजारलाई चिनिन्छ। हाल यसको सूचक २५६२८ अङ्कमा छ।पाँच महिना अघि २१७२४ अंकमा रहेको बजार तीन हजार नौ सय १४ अंक सुधार भएको छ । २००७ अक्टोबर १ मा यसले सर्वाधिक अङ्क- ३१३५२.८५ छोएको थियो।
 
 
छैठौं

विएसइ सेन्सेक्स हाम्रो छिमेकी राष्ट्र भारतको प्रमुख शेयर  बजार हो। यसको पुरानो नाम बम्बे स्टक एक्सचेन्ज पनि हो। पाँच महिना अगाडी यसको सूचक २६२५६ मा रहेको थियो । ३७४५ अंक बढोत्तरी संगै बुधबार ३०३०१ अंकमा पुगेको छ ।गएको मे १७ मा यसले सर्बाधिक अंक ३०६५८ अंक छोएको थियो । 
 
पाँचौं

बुढापेस्ट एसई हंगेरीको प्रमुख शेयर बजार हो । गएको पाँच महिना अघि ३२१६९ अंकमा रहेको सूचक २०२६ अंकले बढेको छ । गएको मे २२ मा यसले नयाँ कीर्तिमानी सूचक ३४९४३  कायम गर्न सफल भयो ।    
 
चौथो

आइपिसी मेक्सिकोको प्रमुख शेयर बजार हो। मेक्सिको स्टक एक्सचेन्जका नामले यसलाई चिनिन्छ। १९३३ सेप्टेम्बर ५ देखि संचालनमा आएको  बजार हो । पाँच महिना अघि ४५५६३ अंकमा रहेको सूचक ३९३१ अंकले बढेर ४९४९४ अंकमा पुगेको छ ।  गएको मे १० मा यसले अहिलेसम्मकै सर्वाधिक अंक ४९९३० अंक छोएको थियो ।
 
 तेस्रो

कराँची-१०० पाकिस्तानको प्रमुख शेयर बजार हो। यो बजार सन् १९९१ बाट संचालनमा आएको हो। हाल यो बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ। पाँच महिना अघि  ४७५७५ अङ्कमा रहेको सूचक ५१०७ अंक बढ्दै ५२६८२ अंकमा पुगेको छ ।पछिल्लो समयको यो नै सर्वाधिक अंक हो ।
 
दोस्रो

वोभेस्पा ब्राजिलको प्रमुख शेयर बजार हो। सन् १८९० अगष्ट २१ मा स्थापना भएको बजार २००८ मे १५ मा सर्वाधिक अङ्क ७२५९२.५० पुगेको थियो। गएको पाँच महिना पहिले  सूचक ५९७८१ अङ्कमा थियो । यो अवधिमा ३४७६ अंक बढेको छ ।
 
पहिलो

टर्कीको प्रमुख शेयर बजार इस्तानबुल  स्टक एक्सचेन्जले २०१३ मे १२ तारिखका दिन सर्वाधिक अङ्क छोएको थियो। सूचक ९१९२४.८४ अङ्क पुगेर फर्किएको थियो। लामो समयको गिरावटपछि फर्किएको बजार गएको पाँच महिना अघि ७७५४७ अंकमा थियो । यो अवधिमा पुगेर २०७६६ अंक बढेर बुधबार ९८३१३ अंक छोएको छ । बिश्वमा  यहि नै सर्वाधिक माथि पुगेको सूचक हो । यसले एक लाख छोए बिश्वमै पहिलो एक लाख चुम्ने स्टक सूचक मानिने छ ।

  विश्वका १० प्रमुख इन्डेक्स   देश ५ महिना अगाडि पछिल्लो अंक फरक
०१ बिस्ट १०० टर्की ७७५४७ ९८३१३ २०७६६
०२ भोभेस्पा ब्राजिल ५९७८१ ६३२७५ ३४७६
०३ कराची १०० पाकिस्तान ४७५७५ ५२६८२ ५१०७
०४ आईपीसी   मेक्सिको ४५५६३ ४९४९४ ३९३१
०५ बुडापेस्ट  हंगेरी ३२१६९ ३४१९५ २०२६
०६ बीएसई सेन्सेक्स   भारत  २६२५६ ३०३०१ ३७४५
०७ हयांग सेंग हंगकंग   २१७१४ २५६२८ ३९१४
०८ डाउजोन्स ३० अमेरिका १९८३३ २१०१२ ११७९
०९ एफटिएससी इटाली   ईटाली  १९२३९ २१३९३ २१५४
१० निक्की जापान २०५६३ १९८०५ -७८५