सामसङको बहुप्रतिक्षित ग्यालेक्सी एस ८ नेपाल भित्रियो, मूल्य १ लाख सम्म, २२ बैशाख पछि किन्न पाइने

बिजमाण्डू
२०७४ बैशाख ६ गते १५:१६ | Apr 19, 2017
सामसङको बहुप्रतिक्षित ग्यालेक्सी एस ८ नेपाल भित्रियो, मूल्य १ लाख सम्म, २२ बैशाख पछि किन्न पाइने

Tata
GBIME
Nepal Life

काठमाडौं । सामसङको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपालमा सार्वजनिक भएको छ। सामसङ इण्डियाले बुधबार एक कार्यक्रम बीच काठमाडौंमा दुवै स्मार्टफोन सार्वजनिक गरेको हो।
 

बुधवार सार्वजनिक भएपनि नेपाली ग्राहकले २२ बैसाख पछि मात्र यी फोन पाउने कम्पनीले जनाएको छ। बुकिङ भने अहिले देखिनै खुला गरेको जनाइएको छ नेपाली बजारमा  एस ८ को मूल्य  ८८ हजार नौ सय रुपैयाँ र एस ८ प्लसको ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ। 


 

कम्पनीले यी स्मार्टफोन खरिदमा एनसेलको सिमसँगै आठ महिनासम्म हरेक महिना ८ जिबी डेटा सित्तैमा दिने जनाएको छ। त्यस्तै ६ महिनासम्मको लागि बीमाको व्यवस्था समेत गरिएको छ। 
 
धेरै देशमा यसअघि नै सार्वजनिक भएको यो स्मार्टफोन पहिलेको एस ७ भन्दा राम्रो र गुणस्तरीय रहेको जनाइएको छ। यसले हाल एप्पलको आएफोन ७ र ७ प्लससँग प्रतिश्पर्धा गरिरहेको छ। एस ८ मा ५.६ इन्च तथा एस ८ प्लसमा ६.२ इन्चको ‘इन्फिनिटी डिस्प्ले’ रहेको छ। 


 

दुवै स्मार्टफोनमा डिस्प्ले आकर्षक बनाउन गोरिल्ला ग्लासको प्रयोग गरिएको छ। पानी र धूलो छिर्न नसक्नेगरी तयार गरिएको एस ८ मा तीन हजार एमएएच र एस ८ प्लसमा ३५ सय एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ। 
 
एन्ड्रोइड ७ को नोगाट भर्सनको अपरेटिङ सिस्टम रहेको दुवै स्मार्टफोनमा १२ मेगापिक्सलको रियर क्यामेरा र ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा छन्। एस ८ र एस ८ प्लस दुवै फोनमा चार जिबी र्याम रहेको छ।