मासिक १३३५७ रुपैयाँ तिरे रेनोल्टको क्विड चढ्न पाइने, डस्टरको किस्ता २८२०० , पाँच बर्ष वारेन्टी

बिजमाण्डू
२०७३ फागुन ३० गते १७:०६ | Mar 13, 2017
मासिक १३३५७ रुपैयाँ तिरे रेनोल्टको क्विड चढ्न पाइने, डस्टरको किस्ता २८२०० , पाँच बर्ष वारेन्टी

काठमाडौं। रेनोल्टको नेपाल वितरक एडभान्स अटो मोबाइल्सले आफ्ना दुई कार किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले रेनोल्ट 'वाउ' अफरमार्फत ८.९९ प्रतिशत ब्याज दरमा दुई कार उपलब्ध गराउने भएको हो। मासिक १३ हजार ३ सय ५७ रुपैयाँ तिर्दा क्विड चढ्न पाइन्छ भने २८ हजार २ सय तिरे डस्टर चढ्न पाइने छ।

कम्पनीले नयाँ बर्षलाई लक्षित गर्दै ल्याएको स्किममा रेनोल्टका गाडीहरुको पाँच बर्षको वारेन्टी हुने छ। दुई बर्षसम्मको निशुल्क सर्भिसिङ र एक बर्षको सडक कर तिरिएको हुने छ। एक्सचेञ्ज सुविधालाई सरल पार्दै नगद  छुटको पनि ब्यवस्था गरिएको कम्पनीले जनाएको छ।