काठमाडौं। नेपाल टेलिकमले बुधबारदेखि सिन्धुपाल्चोकको विकट ठाउँमा जिएसएम सेवा विस्तार गरेको छ।
कम्पनीका अनुसार सिन्धुपाल्चोकको मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीमा जिएसएम सेवा सुरु गरेको हो। यसभेगका चार हजार सर्वसाधरणले टेलिकमको भ्वाइस सेवा र डाटा सेवा लिनसक्ने टेलिकमले बताएको छ।
बाह्रबिसेको गति मान्द्रामा जिएसएम टावर राखिएको टेलिकमले बताएको छ। टेलिकमको अनुसार गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ स्थानबाट १५ किलोमीटरको दुरीमा रहेको छ।