BIZMANDU
www.bizmandu.com

सिन्धुपाल्चोकको पाँच विकट ठाउँमा टेलिकमको जिएसएम सेवा विस्तार, थ्री जी चलाउन सकिने

२०७४ फागुन ३०

काठमाडौं। नेपाल टेलिकमले बुधबारदेखि सिन्धुपाल्चोकको विकट ठाउँमा जिएसएम सेवा विस्तार गरेको छ।
 
कम्पनीका अनुसार सिन्धुपाल्चोकको मनिसौरा, गुमथाङ, थागम, तातोपानी र लिस्तीमा जिएसएम सेवा सुरु गरेको हो। यसभेगका चार हजार सर्वसाधरणले टेलिकमको भ्वाइस सेवा र डाटा सेवा लिनसक्ने टेलिकमले बताएको छ।
 
बाह्रबिसेको गति मान्द्रामा जिएसएम टावर राखिएको टेलिकमले बताएको छ। टेलिकमको अनुसार गति मान्द्रा भोटेकोशीको बन्जी जम्पिङ स्थानबाट १५ किलोमीटरको दुरीमा रहेको छ।  
      
        
                                                                              
 

Tata
GBIME
Nepal Life