काठमाडौं। जिओनी मोवाइल फोनको आधिकारिक बजार व्यवस्थापक तथा वितरक कम्पनी टेलिटक नेपालले जिओनी ए वान लाइट फोनको मूल्य घटाएको छ। अब यो मोवाइल २० हजार ५७० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। नयाँ मूल्य बुधबारबाट लागू भएको छ।
५.३० इन्च टचस्क्रिन रहेको जिओनी ए वान लाइटमा १.३ गिगाहर्ज ओक्टा–कोर मिडियाटेक एमटी ६७५३ भी प्रोसेसर रहेको छ । साथै मोवाइलमा ३ जिबी र्या म र ३२ जिबीबाट २५६ जिबीसम्म बढाउन सकिने इन्टरनल स्टोरेज क्षमता रहेको छ ।
जिओनीको यो ए वान लाइट फोनमा पनि १३ मेगापिक्सलको रेयर क्यामेरा र २० मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ। यसमा ४००० एमएएच क्षमताको ब्याट्री प्रयोग भएको छ।