काठमाडौं। तपाईले ऋण लिनु भएको छ भने, बैंकले नियमित भुक्तानी गर्ने साँवा र ब्याजको सुची बनाएर दिन्छ। र बैंकले ऋण तिर्न खोलिदिएको खातामा पैसा जम्मा गर्नु पर्छ।
कहिलेकाँही नियमित तिर्नेभन्दा वढि रकम त्यो खातामा हाल्नु भए पनि बैंकले लाग्नेभन्दा बढि कटाउन पाउँदैन। तर केही बैंकले भने ग्राहकले खातामा हालेजति रकम सबै काटेर खातै निल पारिदिएका छन्।
मासिक किस्ता तिर्न बैंकले नियमित जस्तो एसएमएस र फोन गर्न थालेपछि झर्को लागेर केही बढि पैसा खातामा राखिदिँदा बैंकले सबै तानिदिने गरेको हो।
बैंकले पैसा काटेपछि जानकारी दिन भने जरुरी नठानेको देखिएको छ। अर्को महिना फेरि एसएमएस र फोन आएपछि मात्र ग्राहकले अघिल्लै महिना नियम विपरित बैंकले पैसा काटेको पत्तो लाग्ने गरेको छ। पत्तो लागेर उजुरी गरेपछि मात्र बैंकले अगाडि काटेको पैसा खातामा फिर्ता गरिदिने गरेका छन्।