काठमाडौं। गर्मीको सुरुवात सँगै सिजी ब्राण्डले बिभिन्न मोडलका पंखा र एयरकुलरहरु बजारमा ल्याएको छ । पंखा र एयरकुलरका बिभिन्न आकर्षक मोडलहरु बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एयरकुलरहरुमा डेर्जट कुलर र पर्सनल कुलर गरी दुर्इ किसिमका छन् ।
यसमा आइस चेम्बर, पावरफुल मोटर र स्ट्रङ फ्यानजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।
यस्तै पंखाहरुमा सिलिङ पंखा, टेबल पंखा, वाल पंखा र स्ट्याण्ड पंखा गरी चार किसिमका पंखाहरु बजारमा आएको छ ।
यसमध्ये सिलिङ पंखामा १२ वटा मोडल र बिभिन्न साइजहरु रहेको बताइएको छ ।
यसमा डेकोरेटिभ मोडल र हाइ स्पिड रहेको छ ।
यस्तै टेबुल पंखाको पनि रिमोट र ननरिमोट दुर्इ किसिमको मोडल रहेको कम्पनीले जनाएको छ ।