मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०८३ कात्तिक १६ गते ११:१३ | Nov 2, 2026
मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर


काठमाडौं। मकर जितुमाया सुरी हाइड्रोपावरले लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ।

GBIME
Tata

हाइड्रोपावरको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.६८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो। हाइड्रोपावरको चुक्ता पुँजी हाल ७६ करोड रुपैयाँ छ।

विद्युत नियमन आयोगको स्वीकृति र हाइड्रोपावरको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन्।