काठमाडौं। मकर जितुमाया सुरी हाइड्रोपावरले लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ।
हाइड्रोपावरको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.६८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो। हाइड्रोपावरको चुक्ता पुँजी हाल ७६ करोड रुपैयाँ छ।
विद्युत नियमन आयोगको स्वीकृति र हाइड्रोपावरको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन्।