साढे २ प्रतिशतले घटेको नाफा बैंकहरुले कसरी देखाए ३२% बढेको? एकैपटक १९ अर्बको कैंची



बिजमाण्डू
२०८३ भदौ २२ गते ०९:१४ | Sep 7, 2026
साढे २ प्रतिशतले घटेको नाफा बैंकहरुले कसरी देखाए ३२% बढेको? एकैपटक १९ अर्बको कैंची


काठमाडौं। वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष खुद नाफा ३२.१५ प्रतिशतले बढेको तथ्यांक प्रस्तुत गरेका छन्। अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरणसँग अहिलेको लेखापरीक्षण नगरिएको वित्तीय विवरण तुलना गरेर बैंकहरुले नाफा बढेको देखाएका हुन्।

Vigo
GBIME
Tata

तर, पोहोर बैंकहरुले लेखापरीक्षण नगरी सार्वजनिक गरेको नाफासँग अहिलेको तुलना गर्ने हो भने नाफा घटेको छ।

बैंकहरुले आफूलाई बलियो र सबल देखाउन पत्रपत्रिकामा छाप्ने नाफा धेरै नै बढाउने गरेको खुलेको छ। जब सार्वजनिक नाफा बाह्य लेखापरीक्षक कहाँ पुग्छ र नेपाल राष्ट्र बैंकले पनि हेर्छ, त्यसपछि ह्वात्तै घट्ने गरेको छ।

बैंकहरुले गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६९ अर्ब ७८ करोड रुपैयाँ कमाएका छन्। यो लेखापरीक्षणअघिको नाफा हो। त्यसअघिको वर्ष २०८१/८२ मा बैंकले लेखापरीक्षणअघि ७१ अर्ब ६२ करोड रुपैयाँ कमाएको देखाएका थिए। तर, जब नेपाल राष्ट्र बैंकको आँखा पर्‍यो, २०८१/८२ को नाफा १८ अर्ब ८२ करोड रुपैयाँले खुम्चिएर ५२ अर्ब ८० करोडमा झर्‍यो।

बैंकहरुले यही झरेको पुरानो नाफासँग लेखापरीक्षण नगरिएको अहिलेको नाफा तुलना गर्दा ३२.१५ प्रतिशतको वृद्धि देखिएको हो। जबकि पोहोर र अहिलेको लेखापरीक्षण नगरिएको विवरण हेर्ने हो भने नाफा २.५६ प्रतिशतले घटेको छ।

यसपालि बैंकहरुले देखाएको नाफामा राष्ट्र बैंकको आँखा परिसकेको छैन। साधारण सभाको स्वीकृति लिन जाँदा जब राष्ट्र बैंकले आँखा लगाउँछ, अहिले देखाएको नाफा पनि ह्वात्तै घट्ने सम्भावना छ।

बैंकहरुले बाह्य लेखारीक्षण नगरी प्रकाशित गरेको तथ्यांक अनुसार पोहोर दुई वटा बैंकको नाफा घटेकामा यसपालि चार वटाको घटेको छ भने एउटा घाटामा छ।

लेखापरीक्षण गरिएको र नगरिएको तथ्यांक तुलना गरेर बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा आधारित हुँदा चार वटाको घटेको हो। लेखापरीक्षण नगरिएको पोहोर र यसपालिको तुलना गर्ने हो भने ६ वटाको नाफा वृद्धिदर घटेको छ।

पोहोर बैंकहरुले देखाएको उच्च नाफालाई नपत्याएर राष्ट्र बैंकले कडिकडाउ हिसाबले हिसाबकिताब हेरेको थियो। नयाँ ऋण नजाने र गएको ऋण पनि डुबिरहेको अवस्था थियो। तैपनि बैंकहरुले ४३.३० प्रतिशतको वृद्धि देखाएका थिए। त्यसअघि कमाएको ५० अर्ब नाफालाई अर्को वर्षको झन्डै ७२ अर्बको नाफासँग तुलना गरेर उच्च वृद्धि देखाइएको थियो।

घट्दो ऋण र बढ्दो खराब कर्जाका बाबजुद उच्च नाफा देखाएपछि राष्ट्र बैंकले विस्तृतमा बैंकहरुको हिसाबकिताब हेरेको थियो। त्यहाँ थुप्रै कैफियत देखिएपछि उसले नाफामा कैंची चलाइदिएको थियो।

बैंकहरु (रु. करोडमा)२०८२/८३२०८१/८२फरक (% मा)
सानिमा35525738.1323
एभरेष्ट5064913.05499
माछापुच्छ्रे2112014.975124
कुमारी738211249.763
सिद्धार्थ3513393.539823
सिटिजन्स20912962.0155
कृषि विकास263415-36.6265
एनएमबि40132822.2561
नबिल79071210.95506
हिमालयन148151-1.98675
प्रभु-24544-104.412
ग्लोबल आइएमई6226200.322581
राष्ट्रिय वाणिज्य45538119.42257
लक्ष्मी सनराइज311411-24.3309
नेपाल एसबिआइ20418013.33333
नेपाल 45037719.3634
प्राइम4114022.238806
स्टान्डर्ड चाटर्ड285302-5.62914
एनआइसी एसिया181612.5
नेपाल इन्भेष्टमेन्ट274675-59.4074
जम्मा69787162-2.56911
लेखा परीक्षण गरिएको नाफा5280
(अघिल्लो आर्थिक वर्ष बैंकहरुले देखाएको नाफा बाह्य लेखा परीक्षणअघिको हो)

यसपालि अन्तर्राष्ट्रिय लेखापरीक्षक होवलदार युनुसले बैंकहरुको खराब कर्जा बढाउँदै त्यसलाई खाम्न नोक्सानी व्यवस्थापन रकम बढाउनुपर्ने सुझाव दिएको छ। त्यसका बाबजुद पनि नाफा ३२ प्रतिशत बढेको देखाइएको छ।

‘यसपालि पनि नाफामा कैंची चल्छ भन्नेमा म चाहिं ढुक्क छु,’ एक बैंकरले सुनाए, ‘त्यही भएर मैले यसपालि सकेसम्म नोक्सानी व्यवस्थापन गरेर नाफा सार्वजनिक गरेको छु। तर पनि कैंची त लागि हाल्छ।’