ऋण असुली सुधारले कर्जा नोक्सानी घट्दा बैंकहरुको नाफा २९.४६ प्रतिशतले बढ्यो, कुनको कति?



आकाश बोगटी
२०८३ साउन ३० गते ०९:३१ | Aug 15, 2026
ऋण असुली सुधारले कर्जा नोक्सानी घट्दा बैंकहरुको नाफा २९.४६ प्रतिशतले बढ्यो, कुनको कति?


काठमाडौं। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६९ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका छन्। यो नाफा अघिल्लो वर्षको तुलनामा २९.४६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ५३ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका थिए।

Tata
GBIME

ऋण असुलीसँगै कर्जा नोक्सानी हुँदा बैंकहरुले नाफा बढाउन सफल भएका छन्।असुली सुधार भई ब्याज आम्दानी बढ्दा अधिकांश बैंकहरुले नाफा बढाउन सफल भएका हुन्।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय साना सानो ऋण असुली हुन थालेपछि ब्यालेन्सिट सुधार भएको बताउँछन्। ‘सानो सानो ऋणमा असुली पाटो सुधार भएको छ। ऋण सुधार हुँदा नोक्सानी थप नहुँदा त्यसले नाफा राम्रो देखिएको हो,’ उनले भने,’सबै साइट राम्रो हुँदै आइरहेको बेलामा व्यवसाय पाटो भने अलि कमजोर भएको छ।’

१५ वटा वाणिज्य बैंकहरुले खुद नाफा बढाउदा ४ वटाको खुम्चिएको छ। प्रभु बैंकको नाफा ऋणात्मक छ।

सबैभन्दा धेरै कुमारी बैंकको नाफा ३०७.७३ वृद्धि भएको छ भने कम एभरेष्ट बैंकको ४.७६ प्रतिशतले बढेको छ।

धेरै नाफा गर्नेमा भने नबिल बैंक रहेको छ। बैंकले गत वर्ष ७ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष नबिल बैंकको नाफा ५ अर्ब ९२ करोड थियो।

त्यसैगरी कुमारी बैंकको नाफा १ अर्ब ८१ करोडबाट बढेर ७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। ग्लोबल आइएमई बैंकले ६अर्ब २२ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४५५ करोड, नेपाल बैंकले ४ अर्ब ५० करोड र प्राइम बैंकले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन्।

त्यस्तै एनएमबि बैंकको नाफा ४०१ करोड, सानिमा बैंकको ३५५ करोड, सिद्धार्थ बैंकको ३५१ करोड र लक्ष्मी सनराइज बैंकको ३११ करोड रुपैयाँ रहेको छ।

प्रभु बैंकको नाफा २४ करोड रुपैयाँ ऋणात्मक छ भने ४ वटा बैंकको नाफा खुम्चिएको छ। कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र स्टान्डर्ड चार्टर्ड बैंकको नाफा खुम्चिएको छ।

कर्जा असुलीमा आएको सुधारले बैंकहरूको खराब कर्जा व्यवस्थापनमा पनि सकारात्मक प्रभाव पारेको छ। विगतमा आर्थिक गतिविधिमा आएको सुस्तताका कारण कर्जाको गुणस्तर खस्किँदा बैंकहरूले ठूलो रकम कर्जा नोक्सानी व्यवस्थापनमा छुट्याउनुपरेको थियो।

पछिल्लो समय असुली बढेसँगै त्यस्तो नोक्सानी व्यवस्थापनको दबाब केही कम भएको छ। यसले बैंकहरूको सञ्चालन नाफा र खुद नाफा दुवैमा सुधार ल्याएको हो। यद्यपि बैंकहरूको व्यवसाय विस्तार भने अझै चुनौतीपूर्ण देखिन्छ।

कर्जाको माग अपेक्षाअनुसार बढ्न नसक्दा नयाँ कर्जा प्रवाह सुस्त छ। त्यसैले नाफा बढे पनि बैंकिङ क्षेत्रले आगामी दिनमा कर्जा विस्तार, लगानीको अवसर र आम्दानीका नयाँ स्रोत पहिचान गर्नुपर्ने अवस्था छ।

बैंकहरुको कर्जा नोक्सानी कम हुँदा त्यसले बैंकहरुको नाफा बढाउन सहयोग गरेको छ। जसकारण बैंकहरुको ब्याज आम्दानी बढेर समग्र सूचक सकारात्मक देखिएका छन्।

क्र.सवाणिज्य बैंकहरु२०८२/८३ नाफा (रु. करोडमा)२०८१/८२ नाफा (रु. करोडमा)नाफा फरक (प्रतिशतमा)
एनएमबि बैंक४०१२८५४०.७
सानिमा बैंक३५५२५७३८.१३
सिद्धार्थ३५१३३६४.४६
एभरेष्ट५०६४८३४.७६
नबिल७९०५९२३३.४५
ग्लोबल६२२५०७२२.६८
कृषि२६३३७३-२९.४९
नेपाल एसबिआई२०४१८११२.७१
कुमारी७३८१८१३०७.७३
१०राष्ट्रिय वाणिज्य४५५२८३६०.७८
११प्रभु-२४८७
१२प्राइम४११३२०२८.४४
१३माछापुच्छ्रे२१११८८१२.२३
१४हिमालयन१४८१२९१४.७३
१५सिटिजन्स२०९१२८६३.२८
१६स्टान्डर्ड चार्टर्ड२८५३०१-५.३२
१७एनआइसी एसिया१८-३८७
१८नेपाल इन्भेष्टमेन्ट२७४४३३-३६.७२
१९लक्ष्मी सनराइज३११४०६-२३.४
२०नेपाल बैंक४५०३०७४६.५८
जम्मा६९७८५३९०२९.४६
स्रोत: बैंकहरुले सार्वजनिक गरेको विवरण