डलर र युरोसँगै पाउण्ड बलियो, युआन स्थिर रहँदा मलेसियन रिंगेटको घट्यो भाउ

बिजमाण्डू
२०८२ जेठ १७ गते ०६:२६ | May 31, 2025
डलर र युरोसँगै पाउण्ड बलियो, युआन स्थिर रहँदा मलेसियन रिंगेटको घट्यो भाउ


काठमाडौं। अमेरिकी डलरसँगै युरो र पाउण्ड बलियो हुँदा संसारका अधिकांश मुद्राको मूल्य बढेको छ। चिनियाँ युआन स्थिर छ भने मलेसियन रिंगेट, थाइ भाट र दक्षिण कोरियाली वोनको विनिमय दरमा गिरावट छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ६३ पैसा र बिक्री दर १३७ रुपैयाँ २३ पैसा भएको छ। शुक्रबार खरिद दर १३६ रुपैयाँ ५२ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा थियो।

युरोपियन युरोको खरिद दर १५४ रुपैयाँ ८३ पैसा र बिक्री दर १५५ रुपैयाँ ५१ पैसा भएको छ। शुक्रबार खरिद दर १५४ रुपैयाँ ७ पैसा र बिक्री दर १५४ रुपैयाँ ७५ पैसा थियो।

यस्तै पाउण्ड स्टर्लिङ पनि बढेर १ को खरिद दर १८४ रुपैयाँ ११ पैसा र बिक्री दर १८४ रुपैयाँ ९२ पैसा भएको छ। शुक्रबार खरिद दर १८३ रुपैयाँ ८६ पैसा र बिक्री दर १८४ रुपैयाँ ६७ पैसा थियो।

चिनियाँ युआन खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १९ रुपैयाँ ७ पैसामा स्थिर छ। बिहीबारका तुलनामा खरिद बिक्री मूल्यमा ४ पैसाको बढोत्तरीसँगै उक्त मूल्य शुक्रबार कायम भएको थियो।

थाइ भाटको खरिद दर ४ रुपैयाँ १६ पैसा र बिक्री दर ४ रुपैयाँ १८ पैसा छ। शुक्रबारका तुलनामा खरिदबिक्री दरमा १ पैसा घटेको हो।

कोरियन वोनको खरिद दर घटेर ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९५ पैसा भएको छ। शुक्रबार खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा थियो।

मलेसियन रिंगेटको खरिद दर घटेर ३२ रुपैयाँ १० पैसा र बिक्री दर ३२ रुपैयाँ २४ पैसा भएको छ। शुक्रबार खरिद दर ३२ रुपैयाँ १७ पैसा र बिक्री दर ३२ रुपैयाँ ३१ पैसा थियो।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१३६.६३१३७.२३
युरोपियन युरो१५४.८३१५५.५१
पाउण्ड स्टर्लिङ१८४.१११८४.९२
स्वीस फ्रयांक१६५.७३१६६.४६
अष्ट्रेलियन डलर८७.७३८८.१२
क्यानेडियन डलर९८.७३९९.३७
सिंगापुर डलर१०५.८२१०६.२९
जापानी येन१०९.४९९.५३
चिनियाँ युआन१८.९९१९.०७
साउदी रियाल३६.४२३६.५८
कतारी रियाल३७.४९३७.६६
थाइ भाट४.१६४.१८
यूएई दिराम३७.२०३७.३६
मलेसियन रिंगेट३२.१०३२.२४
कोरियन वोन१००९.९१९.९५
स्वीडिश क्रोनर१४.२६१४.३२
डेनिश क्रोनर२०.७६२०.८५
हङकङ डलर१७.४२१७.५०
कुवेती दिनार४४५.३२४४७.२८
बहरेन दिनार३६२.४१३६४.०१
ओमानी रियाल३५४.९१३५६.४६
स्रोत : नेपाल राष्ट्र बैंक