
काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि बजेट बढाउने क्रमलाई निरन्तरता दिएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २ खर्ब ११ अर्ब बजेट विनियोजन गरेको हो।
बिहीबार संघीय संसदको संयुक्त्त बैठकमा २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको गरेको बताए।
सरकारले चालु आव २०८१/८२ का लागि मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको थियो। अघिल्लो वर्ष शिक्षाको बजेट १ खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ थियो।