
काठमाडौं। सरकारले भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सभा सम्मेलन र मनोरञ्जनात्मक क्षेत्रको रुपमा विकास गर्ने भएको छ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कका रूपमा विकास गर्ने योजना अघि सारेको हो।
‘काठमाडौंको केन्द्रमा स्थित भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कको रूपमा विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।