BIZMANDU
www.bizmandu.com

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सभा सम्मेलन तथा मनोरञ्जनात्मक क्षेत्रको रुपमा विकास गरिने

२०८२ बैशाख १९

भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सभा सम्मेलन तथा मनोरञ्जनात्मक क्षेत्रको रुपमा विकास गरिने
भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सभा सम्मेलन तथा मनोरञ्जनात्मक क्षेत्रको रुपमा विकास गरिने


काठमाडौं। सरकारले भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सभा सम्मेलन र मनोरञ्जनात्मक क्षेत्रको रुपमा विकास गर्ने भएको छ।

Tata
GBIME
NLIC

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कका रूपमा विकास गर्ने योजना अघि सारेको हो।

‘काठमाडौंको केन्द्रमा स्थित भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र र मनोरञ्जन पार्कको रूपमा विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।