
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबार प्रति तोला ७०० रुपैयाँ घटेको छ।
सुनको भाउ प्रति तोला १ लाख ८८ हजार १०० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। सुन मंगलबार प्रति तोला १ लाख ८८ हजार ८०० रुपैयाँका दरले कारोबार भएको थियो।
चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँ घटेर १९६५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस ३३१० अमेरिकी डलरमा कारोबार भइरहेको छ।