भिजेको आउटफिल्डका कारण नेपाल र यूएईको खेल ढिला सुरु, पहिला ब्याटिङ गर्ने

बिजमाण्डू
२०८१ चैत्र ३१ गते ११:२१ | Apr 13, 2025
भिजेको आउटफिल्डका कारण नेपाल र यूएईको खेल ढिला सुरु, पहिला ब्याटिङ गर्ने
नेपाली यू-१९ टोली। तस्बिर: क्यान


काठमाडौं। नेपाल यू-१९ क्रिकेट टोलीले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। तल्लो मुलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो।

Tata
GBIME

निर्धारित समयमा आउट फिल्ड भिजेका कारण खेल सुरु हुन सकेन। मैदानको केही भागमा पानी जमेका कारण खेल सुरु हुन ढिला भएको हो। माथिल्लो मैदानमा भने ओमन र अफगानिस्तानबीचको खेल निर्धारित समयमै सुरु भएको थियो।

२ घण्टा ढिला गरी सुरु भएको खेललाई ४० ओभरमा छोट्याइएको छ। यू-१९ विश्वकप छनोटमा पुग्न आजबाट पाँच टोली भिड्दैछन्। यो प्रतिस्पर्धामा नेपाल, युएई, हङकङ, ओमन र अफगानिस्तान छन्।

१७ वर्षअघिबाट निर्माण सुरु भएको मुलपानी मैदानमा पहिलो पटक आईसीसीको अन्तर्राष्ट्रिय खेल हुन लागेको हो।

नेपालको प्लेइङ ११

नरेन भट्ट (कप्तान), निरज कुमार यादव, अभिषेक तिवारी, शाहिल पटेल, रोशन विश्वकर्मा, दिल्साद अली, दर्स सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, सन्तोष यादव