एनएसएल: बुटवल लुम्बिनीलाई हराउँदै ललितपुर सिटी बन्यो प्लेअफ पुग्ने पहिलो टोली

बिजमाण्डू
२०८१ चैत्र ३० गते २०:३२ | Apr 12, 2025
एनएसएल: बुटवल लुम्बिनीलाई हराउँदै ललितपुर सिटी बन्यो प्लेअफ पुग्ने पहिलो टोली
ललितपुर सिटी एफसी मैदान प्रवेश गर्दै। तस्बिर: एनएसएल


काठमाडौं। ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीलाई हराउँदै ललितपुरले प्लेअफमा स्थान सुरक्षित गरेको हो।

Tata
GBIME

लिग चरणबाटै बाहिरिन पक्का भएको बुटवललाई साविक विजेता ललितपुरले २-० गोलअन्तरले हराएको हो।

ललितपुरले खेलको २३ औँ मिनेटमा अग्रता बनाएको थियो। मणी लामाको कर्नरमा कप्तान अनन्त तामाङले हेडरमार्फत गोल गर्दै लाखेलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा ललितपुरले फेरि अर्को गोल थप्यो। ८७ औँ मिनेटमा इमोह इजाखेलको पासमा सन्तोष खत्रीले गोल गरे। ललितपुरले ५ खेलबाट ११ अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको छ।

आजै सम्पन्न पहिलो खेलमा झापा एफसी र पोखरा थण्डर्सले १-१ गोलको बराबरी खेलेका थिए।